कारोबार संवाददाता
बुधवार, श्रावण ८, २०७६
467

नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँबानेश्वर, काठमाडौंस्थित रत्न पुस्तकालयलाई मंगलबार भएको हस्तान्तरण कार्यक्रममा १२ हजार १ सय ७८ रुपैयाँबराबरका विभिन्न साहित्यिक किताबहरु सोही पुस्तकालयद्वारा सञ्चालित देवकोटा कोषका लागि १ लाख रुपैयाँ रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।  नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँबानेश्वर, काठमाडौंस्थित रत्न पुस्तकालयलाई मंगलबार भएको हस्तान्तरण कार्यक्रममा १२ हजार १ सय ७८ रुपैयाँबराबरका विभिन्न साहित्यिक किताबहरु सोही पुस्तकालयद्वारा सञ्चालित देवकोटा कोषका लागि १ लाख रुपैयाँ रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा सञ्चालन गरिएको सो कोष साहित्यकारहरुलाई कडा रोगको उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले खोलिएको हो । सो रकम तथा किताबहरु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले सो पुस्तकालयका अध्यक्ष सशीविक्रम राणालाई हस्तान्तरण गरेका हुन् ।यसका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकाले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिका लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।