कारोबार संवाददाता
बुधवार, श्रावण ८, २०७६
309

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि चितवन जिल्लाको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा आप्mनो १८९औं शाखा कार्यालयको रूपमा पर्सा शाखा कार्यालय खोली मंगलबारदेखि नै सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकको पर्सा शाखा कार्यालयको खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले उ्घाटन गरेका हुन् । बैंकको पर्सा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि तथा खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा गुणस्तरीय अत्याधुनिक प्रविधिसहितको बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।