कारोबार संवाददाता
आइतवार, श्रावण ५, २०७६
398

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ मा प्रथम बिमा शुल्क १ सय करोड रुपैयाँभन्दा बढी संकलन गर्न सफल भएको जनाएको छ ।
कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक दीपप्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोस्रो वर्षमा नै १ सय करोडभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गर्न सफल भएकोमा व्यवस्थापन समूह, कम्पनीको बजार व्यवस्थापनलगायत विभिन्न विभागमा कार्यरत सम्पूर्ण कर्मचारी एवम् कम्पनीका अभिकर्तालाई धन्यवाद ज्ञापन गर्नुका साथै कम्पनी सञ्चालन गर्न सञ्चालक समितिले नीतिगत व्यवस्था गर्ने र कम्पनी सञ्चालन व्यावसायिक विज्ञद्वारा हुने धारणा व्यक्त गरे ।
सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको व्यावसायिक विकास एवम् समुन्नतीसँगै कर्मचारीको वृत्ति विकास हुँदै  जानुका साथै यस वर्षको उपलब्धिले थप ऊर्जा प्रदान गरेको र आगामी वर्ष योभन्दा अझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताए ।