कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
453

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले पिछडिएका वर्गका महिलाहरूलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशीला निर्माण तथा जनशक्ति विकासमा विशेष भूमिका निर्वाह गर्दै आउने क्रममा मंगलबार काठमाडौं जिल्ला, रविभवनस्थित वृद्वावस्था व्यवस्थापन तथा सामाजिक कल्याण (आमाघर) लाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नगद तथा खाद्य सामग्री सहयोग प्रदान गरेको जनाएको छ ।
वि.सं. २०५६ सालमा दिलशोभा श्रेष्ठले रविभवनस्थित आफ्नै घरमा स्थापना भएको आमाघरले परिवार नभएका तथा परिवारबाट परित्याग गरिएका वृद्वा आमाहरू तथा अनाथ बालबालिकालाई आश्रय दिएको छ । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले आमाघरकी अध्यक्ष दिलशोभा श्रेष्ठलाई रविभवनस्थित आमाघरमै पुगी खाद्य सामग्री (चामल, दाल, चिउरा, तेल ) र खाना पकाउने ग्यासका साथै आमाघरको नाममा ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।