कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
382

एभरेस्ट बैंकले ग्राहकहरूलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लुक्रस अस्पतालसँग साझेदारी गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल बहुविशेषता भएको, तृतीय स्तरको स्वास्थ्य
सेवा केन्द्र हो जसको हाल ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।
एभरेस्ट बैंक र ब्लुक्रस अस्पतालबीचको एमओयूअनुसार ग्राहकहरूले विभिन्न सेवाहरूमा आकर्षक छुट पाउने भन्दै बैंकले ग्राहकहरूले एभरेस्ट बैंकको एटीएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्ने जनाएको छ ।