कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६
426

मेगा बैंक नेपालले एकैपटक तीनवटा देशमा ‘मेगा रेमिट’ सेवालाई विस्तार गरेको छ । हङकङ, यूएई र जोर्डनमा मेगा रेमिटको सञ्जाल विस्तार गरिएको हो । हङकङबाट नेपालीहरूले अब ई–पे लिमिटेडबाट मेगा रेमिटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् । यूएईबाट सराफ एक्सचेन्जबाट मेगा रेमिटमा रकम पठाउन सकिने बैंकले जनाएको छ ।
यसैगरी, जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ । हङकङको ई–पे लिमिटेड, यूएईको सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंक र देशभर छरिएका मेगा बैंकका २५ सयभन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने पनि मेगा बैंकले जनाएको छ ।