कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
383

कामना सेवाविकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेशअन्तर्गत पर्वत जिल्लाको मोदीगाउँपालिका–६ स्थित डिमुवामा यही असार २५ गते आफ्नो ९२औँ  शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेतीमहत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका सञ्चालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ भएको बैंकले जनाएको छ ।