कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
232

प्रभु बैंकले आफ्नो  शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिकास्थित वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गरेका थिए । शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रावलले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँ–गाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुसी प्रकट गर्दै खार्पुनाथ शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रूपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताए ।