कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
252

सिद्घार्थ बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मंगलबार रुरल हेल्थ एण्ड एजुकेश्सन सर्विस ट्रस्टलाई २ लाख ५० हजार ७ सय २५ रुपैयाँबराबरको चेक प्रदान गरेको छ ।
गैरसरकारी संगठनसँग संलग्न भई देशका विभिन्न जिल्लामा महिला बेचबिखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि उक्त संस्था महिला शिक्षाका लागि कार्यरत हुँदै आइरहेको भन्दै बैंकले बैंकबाट प्राप्त उक्त रकम ट्रस्टद्वारा उल्लेखित आवश्यक परेका १६ महिला विद्यार्थीको शिक्षाका निम्ति प्रयोग गरिने जनाएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त रकम ररल हेल्थ एन्ड एजुकेसन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरेका थिए ।