कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
303

एनआईसी एसिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रालि ललितपुरकाबीच बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरूलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्युआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
क्युआर पेमेन्टका लागि सर्वसाधारणले एनआईसी एसियाको मोबाइल एपमार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवाले हस्ताक्षर गरे भने सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेकजंग थापाले हस्ताक्षर गरेका थिए ।