कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
438

नेसनल बैंकिङ इन्टिच्युट (एनबीआई) र इमेरेटस इस्न्टिच्युट फर बैंकिड एन्ड फाइनान्सियल स्टडिज (ईआईबीएफ) बीच ईआईबीएफको दुबईस्थित कार्यालयमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारी पत्रमा नेसनल बैंकिङ इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जीब सुब्बा र ईआईबीएफका महाप्रबन्धक जमल अह्मेद अल जस्मीद्वारा हस्ताक्षर गरिएको छ । उक्त समझदारीले तालिम, शिक्षा तथा अनुसन्धानको क्षेत्रमा दुईवटै संस्थाबीच रणनीतिक सम्बन्ध स्थापित गरेको छ ।

जुन सम्बन्धले बैंक तथा वित्तीय संस्थाहरुका लागि आयोजना गरिने सभा, सम्मेलन, गोष्ठी तथा सामूहिक छलफल जस्ता कार्यक्रमहरुलार्ई प्रभावकारी बनाउनका लागि तालिम तथा सिकाइको थप अवसरहरु सिर्जना भएको छ ।