कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
334

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरूलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिँदै आएकोमा यस सम्झौताअनुसार यस बैंकका ग्राहक महानुभावहरूले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको रकम सांग्रिला डेभलपमेन्ट बैंकको देशैभरि रहेका शाखा कार्यालयहरूबाट सहज तथा सरल रूपमा प्राप्त गर्न सक्ने जनाएको छ ।