कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
537

 हितग्राही खाताधारकहरूको सुविधालाई मध्येनजर राख्दै एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया बैंकमार्फत हितग्राही खाता खोली कारोबार गर्दै आएका खाताधारकहरूको हितग्राही खाता तथा मेरो सेयरको वार्षिक नवीकरण शुल्क ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।
हाल एनआईसी एसिया क्यापिटल सेयर रजिष्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गतको पहिलो योजना एनआईसी एसिया ग्रोथ फन्ड सञ्चालन गरिरहेको पनि कम्पनीले जनाएको छ ।