कारोबार संवाददाता
बुधवार, असार ४, २०७६
421

एनआईसी एसिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहक महानुभावहरूले मुलुकभर फैलिएको २ सय ८४ वटै शाखा कार्यालयबाट सहज रूपमा राष्ट्रिय बिमा संस्थानको जीवन बिमा पोलिसिहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरेका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।