कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६
342

सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा, सिद्धार्थ बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका तर्फबाट महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका छन् ।
त्यस्तै सिद्धार्थ बैंकका सहायकमहाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनहरूमा, जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा बिमा गर्ने ग्राहकवर्गहरूलाई आवश्यक निर्जीवन बिमासम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुने बताए ।