कारोबार संवाददाता
आइतवार, असार १, २०७६
530

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाट्टा) र नेपाल क्लियरिङ हाउसबीच नाट्टाका सदस्य ट्राभल एजेन्टहरू र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाइन भुक्तानी कारोबारहरू गर्न मिल्ने गरी भुक्तानी प्रणालीहरूको व्यवस्था गर्ने सम्झौता भएको छ । उक्त समझदारीमा नाट्टाका अध्यक्ष सीएन पाण्डे तथा क्लियरिङ हाउसका प्रमुखकार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्
उक्त साझेदारीअन्तर्गत नाट्टाका सदस्य ट्राभल एजेन्टहरूले कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीको पेमेन्ट गेटवे आफ्नो वेबसाइटमा इन्टिग्रेट गरी ग्राहकहरूले सोझै अनलाइनबाट विभिन्न ट्राभल सेवाहरूका भुक्तानी गर्न सक्ने छन् । ग्राहकहरूले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरूलाई क्लियरिङ हाउसको मोबाइल एप्सको प्रयोग गरी अथवा आबद्ध ४९ बैंक तथा वित्तीय संस्थाहरूबाट पनि भुक्तानी गर्न सक्ने जनाएको छ । उक्त प्रणाली प्रयोग गरी आफ्ना सदस्य ट्राभल एजेन्टहरूको भुक्तानी कारोबारहरूलाई सहजीकरण गर्नुका साथै नाट्टालाई गर्नु पर्ने वार्षिक एवं अन्य सदस्यता शुल्कहरूको भुक्तानीहरू पनि यसै अनलाईन प्रणालीबाट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपाल भरीका ट्राभल तथा टुर एजेन्टन्सहरूको भुक्तानी तथा नगदप्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुवै संस्थाहरूले लिएको जनाएका छन् ।
नाट्टाको ५० वर्षको स्थापनाकालदेखि नै पर्यटन क्षेœाको विकास र नेपालको ट्राभल बिजिनेस विस्तारसम्बन्धी कार्यहरू गर्न विषेश ध्यान पु¥याउँदै आफ्ना सदस्य ट्राभल एजेन्टहरूलाई विभिन्न तवरबाट टेवा तथा मद्दत पु¥याउँदै आइरहेको छ । यस्तै, नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउस लिमिटेडले हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली, अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाइनमार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ ।