कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
323

रिलायन्स फाइनान्स लिमिटेडको ८ औं तथा ९ औं वार्षिक साधारणसभा सोमबार संस्थाका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा लैनचौर, ब्याक्वेट, लैनचौर काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाले संस्थाको आव २०७३÷७४ को नाफाबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
सो प्रस्ताव पारित भएपश्चात् संस्थाको चुक्ता पुँजीवृद्धि भई ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ पुगेको छ । यस्तै, सभाबाट संस्थापक समूहबाट कुशप्रसाद मल्ली, सुरकृष्ण वैद्य र रविकृष्ण श्रेष्ठ र सर्वसाधारण सेयरधनीको तर्फबाट तुलसीप्रसाद बराल, उपेन्द्रबहादुर कार्की र श्वेता कक्षपती (शाक्य) सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । साथै निर्वाचित सञ्चालकहरू मध्येबाट कुशप्रसाद मल्लीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको पनि कम्पनीले जनाएको छ ।