कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
272

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक  र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरूबाट बैंकका ग्राहकहरूले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने बेकले जनाएको छ । सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट  प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रूपमा हस्ताक्षर गनरेको बैंकका प्रवक्ता बन्दना पाठकले बताइन् ।