कारोबार संवाददाता
मंगलबार, जेठ ७, २०७६
560

नेपाल राष्ट्र बैंकले गैरकानुनी रुपमा प्रयोग भइरहेका विदेशी पेमेन्ट सिस्टमको नेपालमा प्रयोगमा रोक लगाएको छ ।
सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले विदेशी पेमेन्ट सिस्टमसँग प्रत्यक्ष आबद्ध भएको कुनै पनि क्यूआर कोड, पिओएस मेसिन वा अन्य कुनै पेमेन्ट सिस्टम (विच्याट र अलिपे)को प्रयोगमा रोक लगाएको हो ।

नेपालमा चिनियाँ पर्यटकहरुले विच्याट र अलिपे जस्ता माध्यमबाट रकम भुक्तानी गर्दै आएका कारण नेपालमा रकम जम्मा नभइ सिधै चीनमा जम्मा हुँदै आएको छ । जसले पर्यटकको संख्या बढे पनि आम्दानी भने सोही अनुसार भएको छैन् ।
राष्ट्र बैंकबाट स्वीकृतप्राप्त नगरी त्यसरी भइरहेको पेमेन्ट गैरकानूनी रहेको भन्दै बैंकले त्यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले प्रयोग नगर्न भनेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले त्यसरी प्रयोग भएको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानुन बमोजिम कारबाही हुने बताएको छ ।