कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५
355

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ झापा जिल्लाको चन्द्रगढी नगरपालिका– ७ र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–७ मा सोमबार एकैसाथ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका–७ स्थित चन्द्रगढी शाखाकार्यालयको झापा जिल्ला प्रमुखजिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरेका थिए ।
त्यसैगरी मोरङ जिल्लास्थित उर्लाबारी नगरपालिका–७ स्थित उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरेका थिए । यस्तै, चन्द्रगढी शाखा कार्यालय र उर्लाबारी शाखाकार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणहरूको उपस्थिति रहेको बेकले जनाएको छ ।