ग्लोबल आईएमई बैंकले सर्वाधिक ब्याजदर १०.२५ प्रतिशतसहितको ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरूमध्ये सबैभन्दा बढी १०.२५ प्रतिशत ब्याजदर रहेको भन्दै बैंकले फागुन ११ गतेदेखि खरिद गर्न सकिने गरी १५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले पुनर्कर्जाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले ८ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थाको ब्याजदर नघटेपछि व्यवसायिकको चर्को दवावपछि केन्द्रीय बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा पुनर्कर्जाको ब्याजदर घटाउने निर्णयलाई बुधबार निर्देशन मार्फत कार्यान्वयन सुरु गरेको हो ।
सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा मंगलबार एक कार्यक्रमबीच बालविकास समाजलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यद्वारा बालविकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरिएको थियो ।
अजोड इन्स्योरेन्स र मेगा बैंक नेपाल लिमिटेडबीच सहकार्य गर्दै बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल बंैक लिमिटेडको चालू आर्थिक वर्षको कार्यसम्पादनसम्बन्धी अर्धवार्षिक समीक्षा गोष्ठी हालै काठमाडौंमा सम्पन्न भयो । उक्त गोष्ठीको समापन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले नेपाल बैंक लिमिटेडले हाल हासिल गरिरहेका उत्साहजनक उपलब्धि निम्ति सम्बद्ध सबैलाई धन्यवाद दिँदै हालका वर्षहरूमा बैंकिङ क्षेत्रले गरेको मुनाफा उद्यमी व्यवसायी, सञ्चार क्षेत्र र नियामक निकायलगायतका सरोकारवालाबाट प्रश्नवाचक दृष्टिले हेर्ने गरिएको तथा आगामी दिनमा नियमन अरू कडा हुन सक्ने तथा बैंकिङ क्षेत्रमा ठूलै समस्या आउन पनि सक्ने संभाव्य परिदृश्यप्रति हामी सजग रहनुपर्ने आवश्यकता औंल्याए ।
सिद्घार्थ बैंकले सोमबार काठमाडौंको नयाँ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकक्षमा सोमबार भएको ब्याजदर नियन्त्रणसम्बन्धी छलफलले यसैसाता सार्वजनिक हुने मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट सम्बोधन गर्ने सहमति भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने तयारी गरिरहेको मौद्रिक नीतिको मध्यावधि समीक्षाले समस्या समाधान गर्ने राष्ट्र बैकका गभर्नर डा. चिरन्जिवी नेपालले बैठकमा आश्वासन दिएपछि बैंकको ब्याजदर घटाउने उद्देश्यले अर्थमन्त्री डा. युवराज खतिवडाले राखेको छलफल सकिएको थियो ।
नेपाल राष्ट्र बैंकले बैंकहरुकाे निक्षेप र ऋणकाे ब्याजदरबीचकाे अन्तर (स्प्रेड दर) परिर्वतन गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको सोमबार साँझको सञ्चालक समिति बैठकले मौद्रिक नीतिको समिक्षा पारित गर्दै यस्तो ब्यवस्था गर्ने भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय बजार प्रतिस्पर्धी ढंगबाट नचले हस्तक्षेप हुनसक्ने चेतावनी दिएका छन् । नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) सञ्चालनको १० वर्ष पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले प्रतिस्पर्धी ढंगबाट नचले बैंकहरूमाथि हस्तक्षेप हुन सक्ने चेतावनी दिएका हुन् ।
त्रिकोण एड्भर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटरलगायत विभिन्न विद्युतीय उपकरण हस्तान्तरण गरेको छ । कम्पनीको प्रांगण बालुवाटारमा शुक्रबार आयोजित एक समारोहमा कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
२०४५ सालमा सरकारको करिब १.२९ करोड इक्वीटी सेयरबाट थालनी भएको नगरविकास कोषले नेपालको संघीय संरचना अनुसार कोषको विद्यमान ऐन संशोधन गरी नेपाल सरकार, प्रदेश, स्थानीय तह र अन्य संस्थाहरूको समेत स्वामित्व रहने गरी २० अर्ब रुपैयाँबराबरको इक्वीटी पुँजी संरचनाको व्यवस्थासहित स्थानीय तहमा पूर्वाधार विकासमा दीर्घकालीन ऋण लगानीमार्फत स्थानीय आर्थिक विकाससहित राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्नका निमित्त नगर विकास कोषलाई ‘सहरी विकास बैंक’वा ‘नेपाल सहरी पूर्वाधार विकास तथा लगानी निगम’का रूपमा रूपान्तरण गरी मुलुकको वित्तीय बजार एवं निजी क्षेत्रको पुँजीलाई सहरी पूर्वाधार विकासमा परिचालन गराउन सक्ने एक स्वायत्त एवं दिगो वित्तीय मध्यस्थकर्ता संस्थाका रूपमा विकास गराउने कोषको भावी योजना रहेको जनाएको छ ।
चर्को ब्याजदरको समस्या सम्बोधनका लागि उद्योगी ब्यापारीहरू नै प्रधानमन्त्रीलाई गुहार्न पुगेका छन् । नेपाल राष्ट्र बैक तथा अर्थ मन्त्रालयको कार्यक्षेत्रभित्र रहेको ब्याजदरको विषय लिएर पहिलो पटक उद्योगीहरू सिधै बालुवाटारसम्म पुगेका हुन् । खुला बजार अर्थतन्त्रका पक्षपाती व्यवसायीहरू नै यसरी बजार हस्तक्षेपका लागि सरकारको ढोका चहार्नुलाई आश्चर्यजनक रूपमा हेरिएको छ ।
लामो समयदेखि कानुनी दाउपेचमा अड्केको बैंक अफ काठमान्डू र हिमालयन बैंकको १ अर्ब ५१ करोड बराबरको धरौटी रकम फिर्ता पाउने बाटो खुलेको छ । चिनियाँ अदालतले बुधबार चाइना कन्स्ट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमान्डू र हिमालयन बैंकलाई तिर्न आदेश गरेसँगै दुवै बैंकले उक्त रकम पाउने बाटो खुलेको हो ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र हरिपुर नगारपालिका, सर्लाहीबीच हरिपुर नगरपालिकाको आफ्नो सम्पूर्ण बिमाहरूलगायत नगरवासीहरूको भौतिक सम्पत्तिलगायत सम्पूर्ण कृषकहरूको पशु, पन्छी तथा कृषि बिमालगायत व्यक्तिगत दुर्घटना बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष अनुज अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।