कारोबार संवाददाता
शनिवार, बैशाख २०, २०७७
1588

लकडाउन खुलेपछि नेपाली बजारमा नयाँ राइडसेयरिङ कम्पनीको सेवा सुरु हुने भएको छ । लुजुम नामक नयाँ सेवा लकडाउन खुलेपछि सञ्चालनमा आउने भएको हो ।
अनलाइन र अफलाइन बुकिंग सेवा दिई इन्टरनेट वा स्मार्टफोन नभएका यात्रीका लागि पनि सहुलियत सवारी सेवा दिइने कम्पनीले जानकारी दिएको छ । नेपालको सवारी प्रणाली सहज र सुलभ बनाउनका लागि सेवालाई परिस्कृत गर्दै लिइने लुजुम कम्युट सर्भिसेस प्रा. लिले जानकारी दिएको छ ।

लुजुमले दुई पांग्रे (मोटरसाइकल), तीन पांग्रे (उपत्यका बाहिरका लागि टेम्पो र सफारी), चार पांग्रे (ट्याक्सी) र रिजर्भ गाडी (बोलेरो र स्करपियो) जस्ता सेवाहरू दिने छ ।
लकडाउन लगत्तै काठमाडौंमा र अगामी दिनमा विराटनगर, पोखरा, धरान, इटहरी, चितवन जस्ता मुख्य शहरहरूमा लुजुमको सवारी सुचारू हुने छ । प्रतीक सुब्बा र डेनिस कार्की तथा गुन्जा सुनुवारको समूहले यो सेवा सुरु गर्न लागेका हुन् ।
लुजुमको मोबाइल एप्लिकेशन आइसकेको छ । यसको सेवा लिन चाहने तथा यसका बारेमा बुझ्न चाहनेहरुले एन्ड्रोइडका लागि यहाँबाट र एप्पल प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्नसक्ने छन् ।
इन्टरनेटमा जडित नहुँदा पनि लुजुमको सवारी सेवा लिन सकिने छ । यात्री र पार्टनरको सम्पूर्ण सवारीको सुरक्षा कोषको व्यवस्था लुजुमले गरेको छ । केही दुर्घटना भएको अवस्थामा यात्री र पार्टनरको उपचारको केही भाग लुजुमका सहकर्मी स्वास्थ्य केन्द्रहरू मार्फत् गरिने कम्पनीले जानकारी दिएको छ । महिला यात्रीको थप सुरक्षाको निमित्त सवारी निश्चित गर्नु अघि पार्टनर चयन गर्न पाइने छ । छनोट गर्दा महिला यात्रीलाई सम्भवित हदसम्म महिला पार्टनर नै प्रेषण गरिने कम्पनीले प्रतिबद्धता जनाएको छ ।