कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ९, २०७६
556

अर्थसचिव शिशिर ढुंगानासँग नाडाको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ ।
बिहिबार अर्थ मन्त्रालय पुगेको नाडाको १० सदस्यीय टोलीले फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातमा देखिएका समस्या समाधारन गर्न आग्रह गरेको छ । भेटमा नाडाका अध्यक्ष दुलालले अटोमोवाइल व्यवसायमा देखा परेका समस्या समाधान गरिदिन आग्रह गरे । उनले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउन आफूहरु तयार रहेको बताए ।
जवाफमा सचिव ढुंगानाले भिसीटिएस र कर प्रणालीबारे नाडाले सञ्चालन गरेका प्रशिक्षण प्रभावकारी भएको बताए ।