लक्ष्मी सापकोटा
सोमवार, मंसिर ३०, २०७६
1147

पन्ध्रौं योजनाको अन्तिमसम्म निर्यात १ खर्ब ८४ अर्ब र आयात १५ खर्ब ६७ अर्ब पु¥याउने लक्ष्य छ । व्यापार क्षेत्रको विकास तथा विस्तार र निर्यात प्रवद्र्धनका लागि वाणिज्य नीति तथा नेपाल व्यापार एकीकृत रणनीति जस्ता क्षेत्रगत नीति र रणनीति रहेका छन् । नेपालको विश्व व्यापार संगठन (डब्लूटियो), दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायतसम्बन्धी बंगालको खाडी (विमस्टेक) जस्ता अन्तर्राष्ट्रिय संघ, संस्थानसँगको आबद्धत र कतिपय देशसँग द्विपक्षीय व्यापार सम्झौता भइ बजार पहुँच विस्तार भएतापनि आन्तरिक अर्थतन्त्रका संरचनागत अवरोध र यी सम्झौताबाट सिर्जित अधिकार र सुविधाको उपयोग गर्न नसकिएका कारण निर्यात प्रवद्र्धनमा अपेक्षित उपलब्धि हासिल गर्न सकिएको छैन ।


मुलुकमा आयात बढ्दै गएपनि त्यसको अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकमा व्यापार घाटा बढ्दै गएको छ । अघिल्लो वर्षको बजेट बराबरको व्यापार घाटा भएको छ ।

सरकारले बढ्दो व्यापारघाटा कम गर्नका लागि कार्ययोजना ल्याएको छ । बढ्दो व्यापार घाटा गर्न गर्नका लागि निर्यात बढाउने र आयातलाई प्रतिस्थापन गर्ने सरकारको लक्ष्य रहेको छ । निर्यात बढाउनका लागि सरकारले निर्यातयोग्य २८ वटा वस्तुसमेत पहिचान समेत गरिसकेको छ । मुलुकमा आयात बढ्दै गएपनि त्यसको अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकमा व्यापार घाटा बढ्दै गएको छ । अघिल्लो वर्षको बजेट बराबरको व्यापार घाटा भएको छ । सरकारले बढ्दो व्यापारघाटा कम गर्नका लागि कार्ययोजना ल्याएको छ । बढ्दो व्यापार घाटा गर्न गर्नका लागि निर्यात बढाउने र आयातलाई प्रतिस्थापन गर्ने सरकारको लक्ष्य रहेको छ ।
निर्यात बढाउनका लागि सरकारले निर्यातयोग्य २८ वटा वस्तुसमेत पहिचान समेत गरिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुले प्रतिस्पर्धा गर्न नसक्नु, स्वदेशी वस्तुको लागत महँगो हुनु, गुणस्तरयुक्त वस्तुको उत्पादन नहुनुले गर्दा पनि निर्यात बढ्न सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको माग भएपनि उत्पादन नहुँदा वस्तु निर्यात हुन सकेको छैन । अमेरिकाले सन् २०१५ देखि सन् २०२५ सम्मका लागि ७७ वटा वस्तु निर्यातका लागि भन्सार छुटको सुविधा दिएपनि उत्पादन नहुँदा निर्यात हुन सकेको छैन । उद्योग कलकारखानामा काम गर्ने मजदुर अभाव र कच्चा पदार्थ महङ्गो हुँदा स्वदेशी वस्तुको निर्यात बढ्न सकेको छैन । निर्यात बढाउनका लागि सरकारले नगद प्रोत्साहन दिएपनि निर्यात बढ्न सकेको छैन । चौथो योजनाको लक्ष्य अनुसार पन्धौं योजनाको अन्तिमसम्म मुलुकको निर्यात बढाएर १ खर्ब ८४ अर्ब पु¥याउने प्रक्षेपण गरिएको छ । सो अवधिमा आयातलाई १५ अर्ब ६७ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । व्यापार विज्ञ एंव पूर्वसचिव पुरुषोतम ओझा अहिले पाम आयलको निर्यात बढाएर जसरी निर्यात बढाउने हो भने मुलुकलाई फाइदा हुने गरी निर्यात बढाउन नसकिने बताउँछन् । कुन कुन वस्तुको निर्यात बढाउने हो त्यसको विकास गर्नका लागि लगानी बढाउनुपर्ने भन्ने गहन योजना नभएसम्म यति निर्यात बढाउने भनेर प्रक्षेपण गर्नु उपयुक्त नभए उनको भनाइ छ ।
अहिलेको तुलनामा निर्यात दोब्बर वृद्धि गर्र्ने कुरा चुनौतिपूर्ण रहेको भन्दै उनले त्यसले कुन कुन वस्तु निर्यात गर्ने र बजार कहाँ खोज्ने त्यसको गहन योजना हुनुपर्ने बताउँछन् । व्यापार क्षेत्रको विकासतथा विस्तार र निर्यात प्रवद्र्धनकालागि वाणिज्य नीति तथा नेपाल व्यापार एकीकृत रणनीति जस्ता क्षेत्रगत नीति र रणनीति रहेका छन् ।
नेपालको विश्व व्यापार संगठन(डब्लूटियो),दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायतसम्बन्धी बंगालको खाडी(विमस्टेक) जस्ता अन्तर्राष्ट्रिय संघ, संस्थानसँगको आबद्धत र कतिपय देशसँग द्विपक्षीय व्यापार सम्झौता भइ बजार पहुँच विस्तार भएतापनि आन्तरिक अर्थतन्त्रका संरचनागत अवरोध र  यी सम्झौताबाट सिर्जित अधिकार र सुविधाको उपयोग गर्न नसकिएका कारण निर्यात प्रवद्र्धनमा अपेक्षित उपलब्धि हासिल गर्न सकिएको छैन । नेपालको व्यापारघाटा बर्सेनि बढ्दो छ ।
एक दशकको अवधिमा नेपालको व्यापार घाटा तीन सय प्रतिशतले बढेको छ । निर्यातजन्य उद्योगहरू बन्द हुँदै जानु र उत्पादन बढाउने कार्य नहुँदा व्यापार घाटाको ग्राफ बढेको हो ।आर्थिक वर्ष ०६७-६८ मा ३ अर्ब २७ करोड ५१ लाख रुपैयाँबराबर रहेको व्यापार घाटा गत आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ पुगेको भन्सार विभागले उल्लेख गरेको छ । गत वर्षको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३८प्रतिशतभन्दा बढी रहयो । जुन अघिल्लो वर्ष जीडीपीको ३६ प्रतिशतको हाराहारीमा थियो । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको प्रभाव छ । 
एक सय ३४ देशसँग व्यापारघाटामुलुकले गएको वर्ष १ सय ५७ वटा देशसँग व्यापार गरेकोमा १ सय ३४ वटा देशसँगको व्यापारमा घाटा भएको छ । यद्यपि, न्यून परिमाणमा व्यापार हुने अन्य २३ मुलुकसँग भने नेपालको व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेका देशमा दक्षिण एसियाली देश अफगानिस्तानदेखि न्यू क्यालेडोनियासम्म छन्
। मुलुकले कम सामान आयात गरेर धेरै निर्यात गरेका २३ वटा देश छन् । व्यापारमा नाफा रहेका देशहरूमा आर्मे्निया, काजकस्तान, यमन, बाहमाज, बर्मुडा, अल्जेरिया, पनामा, रुवाण्डा, मौरिसस, न्यू क्यालेडोनिया, माल्दिभ्स, मोनाको, सुडान, गिनीलगायत रहेका छन् । भन्सार विभागका अनुसार गएको वर्ष पनि नेपालको सबैभन्दा धेरै व्यापारघाटा भारतसँगै छ । गएको वर्ष नेपालले भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । तर, निर्यात भने जम्मा ६२ अर्ब रुपैयाँको मात्रै भएको छ । छिमेकी मुलुक भारतमा नेपालको आयात र निर्यात दुवै सबैभन्दा धेरै हुने गर्छ । गत वर्ष भारतसँगको व्यापारघाटा ८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, उत्तरी छिमेकी चीनसँगको व्यापारघाटा पनि २ खर्ब रुपैयाँ नाघेको भन्सार विभागको तथ्यांक छ ।
चीनबाट गएको वर्ष २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा जम्मा २ अर्ब १० करोड रुपैयाँको मात्र निर्यात भएको छ । यस्तै, युनाइटेड अरब इमिरेट्ससँग नेपालको व्यापारघाटा ३५ अर्ब ४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा मुलुकको कुल व्यापारघाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार आर्थिक २०७५-७६ मा व्यापारघाटा १३.५५ प्रतिशतले बढेको छ  । आव २०७४-७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो । २०७५-७६ मा मुलुकको कुल व्यापारको आकार १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ पुगेको थियो । जसमध्ये १४ खर्ब १८ अर्ब ५३ करोडको आयात भयो भने ९७ अर्ब १० करोड रुपैयाँको मात्रै निर्यात भएको छ । आयात व्यापार १३.९३ र निर्यात व्यापार १९.३६ प्रतिशतले बढेको विभागको तथ्यांक छ ।
बढ्दो व्यापार घाटा  मुलुकको अर्थतन्त्रका लागि निकै चिन्ताको विषय हो । यसरी बढिरहेको व्यापारघाटा कम गर्नका लागि निजी क्षेत्रलाई हातेमालो गरेर अगाडि बढे मात्रै व्यापारघाटा कम हुने सम्भावना छ । तर, सरकारले अनावश्यक कर लगाएर झन्झट सिर्जना गरेको छ । व्यापारघाटा कम गर्नका लागि उत्पादन बढाउने र निर्यातको सुदृढीकरण गर्नुपर्छ । निर्यातयोग्य वस्तुलाई भण्डारण गर्ने, धेरै महँगो र विलासिताका सामान आयातमा अंकुश लगाएर केही हदसम्म व्यापारघाटा कम हुन सक्छ तर, त्यो दीर्घकालीन समाधान देखिदैन । भएका स्वदेशी उद्योगलाई उत्पादनमूलक बनाउने । कृषि उद्योगलाई प्राथमिकतामा राखेर सहुलियत दिने र यहाँका स्वदेशी उद्योगहरूको हकमा संरक्षण र प्रोत्साहन गर्ने, तयारी वस्तुमा लाग्ने भन्सार शुल्क बढाएर आयातमा प्रतिस्थापन गर्दै जाने हो भने पनि व्यापारघाटा कम गर्न सकिन्छ ।नेपालमा सबैभन्दा बढी विद्युत निर्यात गरेर व्यापारघाटा कम गर्न सक्ने सम्भावना रहेको छ  । यसका साथै  जडिबुटी र सीमाक्षेत्रमा क्लिंकरको पनि निर्यात गरियो भने निर्यातको सम्भावना देखिन्छ ।
जडिबुटी, जलविद्युत् र स्वदेशमा उत्पादित अन्य सामग्रीको पनि निर्यातको सम्भावना छ । सरकारले बढ्दो आयात कम गर्न विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न लागेको छ । आयातदर बढ्दै गएपछि मुलुकको व्यापारघाटा चुलिँदै गएपछि सरकारले विलासिताका वस्तुको परिमाणत्मक बन्देज लगाउन लागेको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासिताका वस्तु रोक्ने तयारी गरेको हो । यसका लागि मन्त्रालयले वस्तुको पहिचान गरेर मन्त्रिपरिषद्मा पेस गरेको छ । विशेष गरी सुनचाँदी, महँगा गाडी, बाइक, खेलौना, कस्मेटिक, जुसलगायतका वस्तुको आयातमा सरकारले नियन्त्रण गर्न खोजेको हो ।
एक दशकमा साढे चार गुणाले आयात बढ्योपछिल्लो एक दशकको अवधिमा आयात साढे चार गुणा भन्दा बढीले बढेको छ । आर्थिक वर्ष २०६५-०७६ मा ३ खर्ब ७५करोड ६० लाख ५ हजार ८ सय ७० रुपैयाँ बराबरको आयात भएको आर्थिक वर्ष  २०७५-०७६मा झन्डै पाँच गुणाले बढेर १४ खर्ब ८५ अर्ब ५५ करोड ९ हजार ४सय ३१ रुपैयाँ पुगेको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङक छ । सो अवधिमा निर्यात भने दोव्बर पनि हुन सकेको छैन । आर्थिक वर्ष २०६५-०६६ मा ६० अर्ब ९४ लाख ९ सय ६३ रुपैयाँको निर्यात भएकोमा आव २०७५-०७६मा९७ अर्ब १० लाख ८ हजार ८ सय १३ रुपैयाँको भएको छ । 
चार महिनामा निर्यातमा २४ प्रतिशतले वृद्धिचालू आर्थिक वर्षको पहिलो चार निर्यातमा २४प्रतिशतले वृद्धि भएको छ । पाम आयल र स्वविन आयलको निर्यातमा सुधार आएसँग स्वदेशी वस्तुको निर्यात २४ प्रतिशतले बढेको हो । पहिलो चार महिनामा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागका तथ्याङक छ । गत वर्ष सोही अवधिमा २९ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । अवधिमा आयातमा २४ प्रतिशतले कमी आएको हो । आयातमा कमी आएसँगै व्यापार घाटा कम भएको छ । निर्यातमा वृद्धि र आयातमा कमी आएसँगै वैदेशिक व्यापार घाटामा सुधार हुन थालेको तथ्यांकले देखाएको छ ।चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको विभिन्न सामान आयात भएको छ ।
गत वर्षको सोही अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो ।चार महिनामा नेपालको व्यापारघाटा ४ खर्ब १४ अर्ब रहेको छ । यस अवधिमा नेपालले भारतबाट सबैभन्दा धेरै २ खर्ब ७२ अर्ब ५७ करोड रुपैयाँबराबरको सामान आयात गरेको तथ्याङ्क छ । त्यस्तै यो अवधिमा नेपालले २४ अर्ब २६ करोड रुपैयाँबराबरको सामान भारततर्फ निर्यात गरेको छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा भारतसँग २ खर्ब ४८ अर्ब ३० करोड व्यापारघाटा रहेको छ ।अघिल्लो वर्षको ४ महिनामा २९ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको पाम तेलको निर्यात बढेर  अहिले ३६ अर्ब रुपैयाँ नाघेको छ । आयात ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँबाट झरेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँमा पुगेको छ । चार महिनामा आयातित वस्तुमध्ये पहिलो नम्बरमा पेट्रोलियम पदार्थ छ । सो अवधिमा ५० अर्ब ५१ करोड रुपैयाँको इन्धन आयात भएको छ । तयारी कपडा पनि उल्लेख्य रूपमा आयात भएको छ।
गत वर्ष १० अर्ब ९० करोड रुपैयाँको आयात भएको तयारी कपडा ४ महिनाको अवधिमा १४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यस्तै निर्यातमा पहिलो स्थानमा प्रशोधित पाप तेल ८ अर्ब ३६ करोडको निर्यात भएको छ । यस्तै धागो २ अर्ब ७९ करोड निर्यात भएको छ ।तेस्रोमा क्रमशस उनी गलैंचा र कार्पेट २ अर्ब ६२ करोड रुपैयाँ, तयारी कपडा २ अर्ब १६ करोड, भटमासको तेल प्रशोधित २ अर्ब २ करोड रुपैयाँको निर्यात भएको छ । ४ महिनाको अवधिमा १ अर्ब ५४ करोड रुपैयाँको अलैंची, १ अर्ब ३० करोड रुपैयाँको फलफूलको जुस निर्यात भएको उल्लेख छ ।त्यस्तै सो अवधिमा चीनबाट ८० अर्ब १८ करोड ५८ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ ।

 
आर्थिक वर्ष आयात निर्यात 
२०७५-०७६ १४,८५,५५९४३१ ९७,१०८८१३
२०७४-०७५ १२,४५,१९०,२४७ ८१,३२५,३७३
२०७३-०७४ ९,८५,९५,१३६ ७३,१२५,३५१
२०७२-०७३ ७,८१,१४५,९६१ ७१,१३,७६६३
२०७१-०७२ ७,५४,५५१,२५५ ८६,६४०,४६२
२०७०-०७१ ७,२२,७७६,७५५ ९१,३६,१०,३६
२०६९-७० ६०१२०७५२५ ७७,३५०,७०९
२०६८-०६९ ४९५,१६१,०७४ ७४,०५९०६०
२०६७-०६८ ३,९७,५३५,९४२ ६४,५६२४४४
२०६५-०६६ ३,७५,६०,५८७० ६०,९४९,६३
स्रोत : व्यापार प्रवद्र्धन तथा निकासी केन्द्र