कारोबार संवाददाता
बिहिवार, मंसिर १९, २०७६
309

नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरूलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै यामाहा महाएक्सचेन्ज मेला सुरु गरेको छ ।
मेला काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि आइतबारसम्म ५ दिनका लागि सञ्चालन हुने कम्पनीले जनाएको छ । यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कुटरको प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन पाइने भन्दै कम्पनीले ग्राहकले ३० भन्दा बढी रिकण्डीसन हाउसबाट आफ्नो साधनको सही मूल्यांकन पाउने बताए ।
ग्राहकले ७ हजार रुपैयाँ नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउने यस महाएक्सचेन्ज मेलामा ख्याति प्राप्त कलाकारहरूको आगमनले मेला अझै भब्य हुनेछ भने प्रियंका कार्की १८ मंसिर, बुधबार दिनको ३ बजेदेखि बेलुकी ५ बजेसम्म र अनुपविक्रम शाही २१ मंसिर, शनिबार दिनको ३ बजेदेखि बेलुकी ५ बजेसम्म उपस्थिति कम्पनीले जनायो । “यामाहा महाएक्सचेन्ज मेला योजना मार्फत देशकै सर्वकृष्ट बाइकहरू हाम्रा उपभोक्तामाझ पु¥याउन हामी प्रतिवद्ध छौं,” यामाहा मार्केटिङ हेड विक्रम पौडेलले भने ।