कारोबार संवाददाता
मंगलबार, मंसिर १७, २०७६
415

नेपालमा बजार प्रबर्धन गरिरहेको राशी अटोमोबाइल्सले नेपालको बजारका ग्राहकहरुलाई ध्यानमा राखेर न्युहोल्याण्ड एक्स्चेन्ज स्कीम सार्वजनिक गरेको जनाएको छ । विश्वप्रसिद्घ फियाट ग्रुपअन्तर्गतको भारत पितमपुरमा अवस्थित फ्याक्ट्रीबाट उत्पादन हुने न्युहोल्याण्ड कन्स्ट्रक्शन इक्युप्मेन्ट हो ।
यस स्कीम अन्तर्गत पुराना ब्याकु लोडरहरु ग्राहकहरुले साट्न सक्ने छन् । स्कीमबारे जानकारी दिँदै राशी अटोमोबाइल्सका प्रबन्ध निर्देशक कपिल शिवाकोटीले भने, “यो एक्स्चेन्ज स्कीमअन्तर्गत पुरानो ब्याकु लोडर सञ्चालन गरिरहेका ग्राहकहरुले आफ्नो पुरानो ब्याकु लोडर राशी अटोमोबाइल्सको सातदोबाटो स्थित शोरुममा दिएर नयाँ न्युहोल्याण्डको ब्याकु लोडर लिएर जान सक्नुहुनेछ । तर पुरानो लोडर चालू अवस्थाको हुनुपर्ने तथा ग्राहकले पुरानो ब्याकु लोडरको नेपाल सरकारलाई बुझाउनुपर्ने सबै करहरु तिरेको हुनुपर्ने छ ।”

यो एक्स्चेन्ज स्किम अनुसार पुरानो ब्याकुलोडर नेपाल भर रहेका राशी अटोमोबाइल्स अन्तर्गतका डिलरहरु मार्फत पनि साट्न सकिने जानकारी गराएको छ । पुराना ब्याकु लोडरहरुलाई जति मोडेल त्यति दामअनुसार भ्याल्युएसन गरिने पनि कम्पनीले जनाएको छ । अर्थात्, सन् २०१२ मा बनेको मेसिनलाई १२ लाख, सन् २०१३ मा बनेको मेसिनलाई १३ लाख, १४ मोडेलको लाई चौध लाख, पन्ध्र मोडेकोलाई पन्ध्र लाख हुने गरि मूल्यांकन गरिने बिएस मोर्टसका निर्देशक अंकित भुषालले जानकारी दिएका छन् ।
यो स्किम अन्तर्गत एक्स्चेन्ज गरि नयाँ न्युहोल्याण्ड ब्याकु लोडर लिने ग्राहकले नयाँ मेसिनमा २ वर्ष सम्मको वारेन्टी पाउने छन् । साथै, नयाँ मेसिन खरिद गर्ने ग्राहकलाई ज्योति विकास बैंकबाट ८० प्रतिशतसम्मको ऋण लिन सक्ने गरि बैंकसँग सम्झौता भएको छ ।