कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६
296

होण्डा नेपालले कात्तिक ६ गते बुधबार ग्वार्कोस्थित होण्डा सर्भिस ट्रेनि« सेन्टरमा होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता आयोजना भएको छ । क्षेत्रीय स्तरबाट सुरु गरिएको यस प्रतियोगितामा देशभर अवस्थित होण्डाका १३ आधिकारिक टेक्निसियनहरुको सहभागिता थियो ।
प्रतियोगितामा सर्वश्रेष्ठ २ प्रतियोगीहरु सागर गुरुङ र मोहन थापा मगरले नेपालको प्रतिनिधित्व गर्दै मार्च २०२० मा थाइल्याण्डमा हुने एसियन होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेका छन् । त्यसै गरी तेस्रो हुने होण्डा हाउस, गोरखाका टेक्निसियन नर बहादुर चौधरीले पुरस्कार स्वरुपनगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
टेक्निसियनहरुको आत्मविश्वास बढाउन आयोजना गरिएको उक्तप्रतियोगितामा नेपाल अटो मेकानिक्स यूनियनका (नाटु) उपाध्यक्ष प्रदीप घिमिरे र अटोमेकानिक्स एशोसियसन अफ नेपालका अध्यक्ष थाकुरप्रसाद न्यौपानेको उपस्थिति थियो ।