रजनी श्रेष्ठ
मंगलबार, कार्तिक १९, २०७६
407

जाडो मौसम सुरु भइसकेको छ । जाडोयाममा लाग्ने कुहिरोले भिजिबिलिटी कम हुँदा दुर्घटनाको सम्भावना बढी निम्त्याउने गर्छ । यी उपाय अपनाउनु भयो भने सडक दुर्घटनाको डर हुँदैन ।

हजार्ड लाइट अन गरेर सवारी नचलाउनुहोस्
हजार्ड लाइटको प्रयोग गरेर सवारी नचलाउनुहोस् । यो लाइटको प्रयोग कार रोकेको बेला मात्रै गर्नुहोस् । यसका कारण पछिबाट आउने सवारीलाई आफ्नो स्थिति पत्ता लगाउन सक्दैनन् । लेन बदल्दा वा मोड्दा समस्या हुन सक्छ ।

हेडलाइड राख्ने तरिका
सुरक्षित ड्राइभिङका लागि हेडलाईटलाई लो बीममा राख्नुस् । कुहिरोमा गाडीलाई हाई बीममा राख्नु हुँदैन, किनकि कुहिरोमा उज्यालो फैलिन्छ र अगाडि जे पनि देख्न सकिन्छ ।

गाडी विस्तारै चलाउनुहोस्
जाडोमा कुहिरोका कारण भिजिबिलिटी कम हुने हुँदा बाटो राम्रोसँग देखिँदैन । यस्तो अवस्थामा गाडी तिव्र गतिले गुडाउँदा च्प्लिन सक्छ र सडक नदेख्दा दुर्घटना हुन सक्छ । त्यसैले विस्तारै गाडी चलाउँदा दुर्घटनाबाट बच्न सकिन्छ ।

सडकमा गाडी नरोक्नुहोस्
कुहिरो लागेको छ भने भुलेर पनि सडकमा गाडी नरोक्नुहोस् । यसो गर्नाले ठूलो दुर्घटना हुन सक्छ । यदि कुनै पनि कारणले रोक्नु परेमा सडकभन्दा बाहिर रोक्नुहोस् र पार्किङ र हजार्ड लाइटको प्रयोग गर्नुहोस् ।

आफ्नो ट्र्याकको फलो गर्नुहोस्
बाक्लो कुहिरोमा गाडी चलाउँदा आफ्नो ट्रयाक नछोड्नुहोस् । जसका कारणपछि आउने सवारीलाई समेत सहज हुन्छ ।

‘फग लाइट’को मदत लिनुहोस्
जाडो आउने बेलामा गाडीको फग लाइट चेक गर्नुहोस् । जाडोमा फग लाइट अन गर्दा सडक दुर्घटना कम हुन्छ । कहिले पनि हेड बन्द गरेर फग लाइट नबाल्नुहोस्, किनकी टाढाबाट आउने व्यक्तिले फग लाइट देख्न सक्दैन । हेडलाइट देखेर तपाईंको गाडी आइरहेको चाल पाउन् ।

पहेँलो लाइट हेर्नुहोस्
सेफ ड्राइभिङका लागि सडकमा पहेँलो लाइटलाई फलो गरेर चलाउनुहोस् ।

आफूलाई तातो राख्ने समानहरू राख्नुहोस्
लामो यात्रामा गर्नुपरेमा आफूसँग पानी, खानेकुरा र कम्बल साथमा राख्नुहोस् । जाम हुँदा वा कारमा समस्या हुँदा यी सामान काम लाग्न सक्छन् ।