कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६
413

जगदम्बा मोटर्स प्रालि, नेपालका लागि टीभीएस दुई पाङ्ग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइवरमार्फत डाउनलोड एन्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरूको ठूलो चाड आगमनमा मौसममा अझै बढी उत्साह थप्न सुरु गरिएको भन्दै कम्पनीले यस प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टिकर बजारबाट टीभीएस बाइकर्स मेनिया स्टिकर प्याक डाउनलोड गर्नुपर्ने जनाएको छ ।
विजेताहरू ‘लक्की ड्र’ मार्फत चयन गरिने तथा उनीहरूले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरूप टीभीएस जुपिटर क्लासिक प्राप्त गर्ने पनि कम्पनीले जनायो । यो अभियान २६ सेप्टेम्बरबाट सुरु भएर २ महिनासम्म जारी रहने जनाएको छ । यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इन्जिन भएको प्रतिघण्टा ८५ किलोमिटर स्पिड भएको सार्प र क्लासिक स्टाइललाई मूर्तरूप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासिक स्कुटर हो ।
टीभीएस जुपिटर क्लासिकको सिटको उचाइ ७६५ एमएम छ जसले सबै उचाइका चालकहरूलाई सहजता सुनिश्चित गर्ने भन्दै जगदम्बा मोटर्स प्रालिका एमडी शाहिल अग्रवालले भने यो प्रयासलाई सबैले प्रशंसा गर्नेछन् । साथै, अनुभव नायर, सिनियर डाइरेक्टर विजनेस डेभलपमेन्ट, एपीएसी, राकुटेन भाइवरले भने, “हामी यो चाडपर्व अफरमार्फत नेपाली प्रयोगकर्तालाई थप खुसी प्रदान गर्न टीभीएससँग फेरी काम गर्न पाउँदा निकै प्रसन्न छौं । नेपाल राकुटेन भाइवरका लागि निकै महत्वपूर्ण बजार हो र हामी हाम्रा प्रयोगकर्ताका लागि थप मूल्यवान बनाउन सधंै खुसी छौं ।”