कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६
636

नेपालका लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई हाईवे एसुरेन्स अर्थात हुन्डाई गाडीहरूका लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको जनाएको छ । यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गका लागि राजमार्गका विभिन्न स्थानहरूमा हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको भन्दै कम्पनीले नेपालीहरूको महान चाड बडादसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरूसँग मनाउने हेतुले आफ्नो हुन्डाई गाडीमा घर फर्कंदै गरेका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरूले आफ्नो हुन्डाई गाडीको फ्रि चेक अप गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कुलान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्था पनि गरेको जनाएको छ ।
यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड–९ काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सीरीन हाईवे रिसोर्ट, डालिमा), भरतपुर (बालमन्दिर चोक), चौराहा ( बुटवल, नेपालगन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक) र वीरगन्ज (पतलैया चोक) हरू माफ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिेएको तथा असोज १६ देखि १९ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने पनि जनाएको छ ।