कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६
660

प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाइकलको ७ औं डिलरसिपइको इक्जिम नेपाल प्रालि काठमाडौंको टेकुमा खुलेको छ । सोरुमको उद्घाटन मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले गरेको कम्पनीले जनाएको छ ।
यस सोरुममा हाल ५ थरी मोडलका मोटरसाइकल उपलब्ध छन् । जसमा टेक्कन २५० को ६ गेयर र २२३ सीसी यस मोडलमा हाइडोलिक डिस्कब्रेक छ । जसको बजार मूल्य ३ लाख ७५ हजार रुपैयाँ छ, स्पोर्ट २५० को ६गेयर र २२३ सीसी यस मोडलमा हाइडोलिक डिस्कब्रेक छ । जसको बजार मूल्य ३ लाख ६५ हजार रुपैयाँ तोकिएका छ । स्क्रयाम्बलर २५० मा ६ गेयर र २२३ सीसी मोडलमा हाइडोलिक डिस्कब्रेक सहित यसको बजार मूल्य ४ लाख ५० हजार रुपैयाँ पर्छ । अर्को नयाँमोडलमा एमएच २०० एक्स६गेयर र, १९९ सीसी क्षमतामा रहेको छ जसको बजार मूल्य–३ लाख ७२ हजार रुपैयाँ छ ।

त्यसैगरी एमएच १५० आरमा ५ गेयरसहित १४९ सीसी हाइडोलिक डिस्कब्रेक रहेको छ । उक्त मोटरसाइकलका बजार मूल्य २ लाख ७८ हजार रुपैयाँ रहेको पनि कम्पनीले जनाएको छ । नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुने यी मोडेलका नयाँ मोटरसाइकल नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले सार्वजनिक गरेको हो ।
मोटरहेडका प्रत्येक बाइकको खरिदमा निःशुल्क थर्डपाटी इन्स्योरेन्स र एक वर्षको रोड ट्याक्ससहित हेलमेट, टिर्सट र बाइक कबर पाइनेछ । साथमा स्क्याच एन्ड विनअन्तर्गत स्योर सट ५ हजारदेखि २५ हजार रुपैयाँसम्म नगद जित्न सकिने एसएलआर टेक्नो एण्ड ट्रेडका बिजनेस डेभलपमेन्ट हेड साइमन रसाइलीले जानकारी दिएका छन् ।