कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
282

टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालि र ज्योति विकास बैंकबीच कर्जा सम्झौता भएको छ । अब टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति विकास बैङ्कको देशैभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनिका उपमहाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैंकका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरे । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ ।


सातामा धेरै पढिएको