कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
434

पियाजियो थ्री ह्विलर्सको नयाँ मोडल पियाजियो एपे सिटि डिलक्स नेपाली बजारमा सार्वजनिक भएको छ । नयाँ एपे सिटि डिलक्सका मूख्यतयाः नयाँ इन्जिन, पहिलेभन्दा अधिकतम बढी माइलेज, राम्रो ग्रेडिबिलिटि, आरामदायी साथै स्पेसियस र यसको आकर्षक लुक्स लगाएतका विशेषताहरु रहेका छन् ।
कार्यक्रम पियाजियो भेइकल्स इण्डियाका उपाध्यक्ष सुधांशु अग्रवाल, एक्सपोर्ट मेनेजर दिपक कुमार, पियाजियोका हेड अफ अपरेशन विजय महतो र दुगड ब्रदर्स एण्ड सन्सका जनरल मेनेजर वेद प्रकाश शर्माको उपस्थितिमा सम्पन्न भएको थियो । यसैदिन आफ्ना १०० भन्दा बढी ग्राहकहरुलाई पियाजियो एपे सिटि डिलक्सको सफल डेलिभरि समेत गरिएको बताइएको छ ।
नेपालका विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीका लागि प्रभावकारी साधनका रुपमा तीनपांग्रे सवारीसाधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पुँजी लगानीबाटै सञ्चालन गर्न सकिन्छ र सोही सरल सेवा सुविधा र यसको आरामदायि प्रभावकारी सरल यात्राका लागि पियाजियो थ्रि ह्विलर्स लोकप्रिय रहेको छ ।


सातामा धेरै पढिएको