कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
607

टीभीएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर र थ्री–ह्वीलरको ख्यातिप्राप्तनिर्माताकम्पनीले आफ्नो लोकप्रियविश्वकै उत्कृष्ट मोडल टीभीएस अपाचे आरटीआर १६० टू भि रेस एडिसनलाई नेशनल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा) अटो शो २०१९ को दौरान नेपालमा सार्वजनिक गरेको छ ।
टीभीएस अपाचे आरटीआर१६० २भि रेस एडिसन टीभीएस रेसिङ परम्पराको गौरवमय ३७वर्षको एक घनीभूत विश्वमै लोकप्रियउपलब्धिहो र युवा पुस्ताहरूमायसलाई लक्षित गरिएको छ । अभूतपूर्व रेसिङ डिकल्स, थ्रीडि लोगो, चमकदार रङहरू एवं स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ । यसैगरी उच्चग्रिप टायरहरूका साथपांग्रामाभएको नयाँ पिनस्ट्राइपहरू, डबल डिस्क ब्रेकहरू र एक शक्तिशालीइन्जिनले बाइकचालकलाई रेसिङ अनुभूतिमा कुनै सम्झौता नगरेरै बाइक चलाउने अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

समारोहमा सम्बोधनगर्दै टीभीएस मोटर कम्पनी, अन्तर्राष्ट्रिय बिजनेसका कार्यकारी उपाध्यक्ष आर.दिलिपले भने “हाम्रो ग्राहकआधारको एक महत्वपूर्ण हिस्सा युवाभएको हुँदा टीभीएस मोटर कम्पनीकालागि नेपाल एक संवेदनशीलबजार हो भन्ने हामीले मान्दै आएका छौं । टीभीएस अपाचे आरटीआर१६० २भि रेस एडिसनले देशमा रहेका युवाहरूमाझ टीभीएस मोटरका उत्पादनहरू प्रतिथपउत्साहजगाउने विश्वास हाम्रो रहेको छ । गहन रेसिङ परम्पराद्वारा समर्थनप्राप्तयो स्टाइलिस प्रिमियम मोटरसाइकलले नेपालका सबै बाइकिङशौखिनहरूलाई आकर्षित गर्नेछ ।”
सोहीअवसरमा जगदम्बा मोटर्सका प्रबन्धनिर्देशक शाहिल अग्रवालले भने “नेपालमा टीभीएस अपाचे आरटीआर१६० २भि रेस एडिसनभित्राउनपाएकोमा हामीहर्षित भएका छौं । यो प्रिमियम ब्राण्डको बिक्रीवितरण उत्कृष्ट बिक्री परामर्श र अत्याधुनिक बिक्रीपछिको सेवाएवं स्पेयर्स सपोर्टमार्फत् गरिनेछ । हामी निरन्तर सहकार्य गरिरहनेछौं र नेपालमा टीभीएस मोटर कम्पनीलाई मजबुत टू–ह्वीलर ब्राण्ड बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
मोटरसाइकलको गुणलाई नियाल्दा टीभीएस अपाचे आरटीआर१६० २भि रेस एडिसनमा १५९.७सिसिको सिंगल सिलिण्डर, ४ स्ट्रोक, एयर–कूल्ड इन्जिन जडान गरिएको छ र यसले ६५००(+ ३००) आरपिएममा १३.०३ एनएमको टर्कका साथ ८५०० आरपिएममा १५.१२ पिएसको अधिकतमशक्तिउत्सर्जन गर्दछ । यसकाअतिरिक्त मोटरसाइकलले शक्तिरवजनकोउत्कृष्ट अनुपात प्रदान गर्दछ तथा ५.१५ सेकेण्डमा ०–६० किमिप्रतिघण्टाको गति दिलाउँछ । एक शक्तिशालीइन्जिन र स्टाइलिस बनावटको जोडीले मोटरसाइकललाई सम्पूर्ण सबल प्याकेजको बनाएको छ । टीभीएस अपाचे आरटीआर१६० २भि रेस एडिसन सबै टीभीएस जगदम्बा शोरुमहरूमा उपलब्ध हुनेछ । यसको हालको बजार मूल्य २ लाख ६४ हजार ९ सय रुपैयाँ छ ।