कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
972

नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बिक्री शुरु गरेको छोटो अवधिमा २२२ भन्दा बढी निशान किक्स मोटर नेपाली बजारमा बिक्री गर्न सफल भएको छ ।
नेपाली बजारमा किक्स गाडीको बिक्री प्रारम्भ गरेको छोटो समयावधिमा नै ग्राहकहरुले निकै रुचाएको परिणामस्वरुप यति धेरै परिमाणमा नेपालको सडकमा निशान किक्स गाडी गुड्न थालेको कम्पनीको भनाइ छ ।
अहिले पनि निसान किक्सको परिवारमा ग्राहकहरु निरन्तर थपिँदै गएको र भविष्यमा यसले नयाँ कीर्तिमान कायम गर्ने विश्वास गरिएको कम्पनीले बताएको छ ।