रजनी श्रेष्ठ
मंगलबार, असार ३१, २०७६
759

गर्मीको समयमा कारमा आउने समस्याले चिन्तित हुनुहुन्छ ? त्यसो हो भने आफ्नो कारको सुरक्षाका लागि यी उपाय अपनाउनुस् ।

रेडिएटर

कार बिग्रनुको मुख्य कारण उच्च ताप हो । यसलाई चिसो राख्नु होला । त्यसको लागि कुलेन्ट भरेर एन्टी फ्रिज र पानीको मात्रा ५०-५० प्रतिशत हुनुपर्दछ । हरेक २ वर्षमा रेडिएटर पखाल्नु पर्दछ ।

होसेस 

होसेस राम्रो छ भने कुलेन्ट पनि राम्रो हुन्छ । चुहावट, चिरिएको अथवा कतै केहि छुटेको छ भने राम्रोसँग हेर्नुपर्छ । यदि त्यस्तो केहि छैन र पनि इन्जिनको तापक्रम बढी नै छ भने होसेसलाई निचोर्नुस् तर कडा हुने गरी हैन । नरम अनुभव हुनु पर्दछ । तर यदि होसेस एक भागमा मात्र स्पन्ज जस्तो अनुभव भयो भने फेरिहाल्नुस् ।

तेल 

जति गर्मी बढ्छ, त्यति नै तेलको महत्व बढ्छ । तेलले गाडीको भित्रि चल्ने भागहरुलाई धेरै तापक्रमबाट जोगाउन मद्दत गर्दछ । तरपनी तेल नाफेर्दा भने समस्या आउँछ । हरेक ३ हजार माइलपछि तेल फेर्नु पर्दछ ।

ब्याट्री 

तापक्रमले ब्याट्री असर गर्दछ । ३ वर्ष भन्दा बढी प्रयोगमा आएको छ भने यसलाई जाँच गर्नुस् अथवा यी ३ वटा संकेतबाट ब्याट्रीको हाल थाहा पाउन सक्नु हुन्छ ।
♦ कार स्टार्ट गर्दा लाईट मधुरो हुनु
♦ एयर कन्डिसनरको क्षमता कम हुनु
♦ कार स्टार्ट गर्दा बिस्तारै सानो आवाज आउनु

एयर कन्डिस्नर

गर्मी समयमा एयर कन्डिसनरले पनि साथ दिँदैैन । सिस्टमले काम नगर्न सक्छ, कारको भेन्टमा थर्मोमिटर राख्नुहोस् र हेर्नुहोस् एयर कन्डिसनर कतिको चिसो भैरहेको छ । यदि चिसो भैरहेको छैन भने क्याबिन एयर फिल्टर फेर्नुहोस्, जसले हावा सफा गर्दछ । कारधनी म्यानुअल पनि हेर्नुस् र त्यसैअनुसार फेर्नुस् । तर यदि कारको एयर कन्डिसनरबाट पानी चुहिरहेको अथवा रेफ्रिजरेन्ट छैन भने मेकानिकलाई तुरुन्तै देखाउनुस् ।

चक्का 

हरेक महिना चक्काको जाँच गर्नुहोस् । चक्कामा कम प्रेसरले चक्काको घुमाइमा असर पर्दछ । जसले इन्जिनको कार चलाउने क्षमता निकै नै गाह्रो गरिदिन्छ । चक्कामा ठिक्कको प्रेसर हुनुपर्छ, नत्र रबरसँग छुटिन सक्दछ । चक्का चिसो हुँदा चक्काको प्रेसर चेक गर्नुहोला नत्र गर्मीको तातो घर्षणले गर्दा प्रेसर झनै कम हुन्छ ।


अन्य

♦ ब्रेक चेक गर्नुहोस् ।
♦ वाईपर समयसमयमा परिवर्तन गर्नुस् ।
♦ युभी रेजबाट बचाउन धुने र व्याक्स गर्ने गर्नुस् ।
♦ सेफ्टी किट बोकेर हिँड्नुस् ।