कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
594

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ सिजन पूरा गरिसकेको छ जुन क्रमशः २०१४, २०१५ र २०१७ मा सम्पन्न भएको थियो र पल्सर डेयर भेन्चर ४ का साथ अब अन्तर्राष्ट्रिय सिमाना पार गर्दै भयमुक्त तथा अलग प्रकारको एडभेन्चर महसुस गर्ने समय आएको छ ।
यस पटक पल्सर डेयर भेन्चरले पल्सर राइडरहरूलाई सबैभन्दा साहसिक रोडहरूको उचाइ मापन गर्दै, अद्भुत अनुभव बटुल्ने बाइकरहरूको सबैभन्दा लोकप्रिय गन्तव्य, लदाखमा लग्नेछ । यो पल्सर डेयर भेन्चर ४ अब विदेशमा आयोजना हुने भएको छ । रजिष्ट्रेसनको अवधि २३ जुलाई २०१९ अर्थात साउन ७ गतेसम्म मात्र छ ।