कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६

सिप्रदी ट्रेडिङ्ग प्रालिले दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम आयोजना गरेको छ । टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित योजना गरेको उक्त लक्की ड्र को यही माघ ३ गते काठमाडौंको हायात होटलमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सहित उपहार वितरण गरिएको हो ।

220
कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६

जापानको टोयोटा कम्पनीले उड्ने कार निर्माणको लागि ३९ करोड ४० लाख अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । विश्वकै अग्रणी कार निर्माता टोयोटा मोटर कम्पनीले अमेरिकी कम्पनी मार्फत गुड्ने र उड्ने सुविधा युक्त अत्याधुनिक कारको निर्माण गर्न लागेको जनाएको छ ।

380
कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६

काठविवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू–ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना अघि सारेको छ ।

272
दीपेन्द्र थापा
मंगलबार, माघ ७, २०७६

नेपाली बजारमा स्पोर्ट युटिलीटी भेहिकल (एसयूभी)मा ग्राहकको आकर्षण बढेसँगै आयातकर्ता कम्पनीहरूबीच एकपछि अर्काे एड्भान्स कार भित्र्याउने होडबाजी चलेको छ । समय क्रमसँगै ग्राहकको ध्यान साना कारबाट एसयूभीमा मोडिएको छ । कार निर्माता तथा वितरक कम्पनीलाई पनि नयाँ एसयूभी बजारमा ल्याउन प्रोत्साहन गरिरहेको छ ।

283
कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६

एमभी दुगड ग्रुपले महिन्द्रा भीएक्स ९० ब्याकहो लोडरलाई नेपालमा सार्वजनिक गरेको छ । निर्माण सामग्री प्रर्दशनी नेपाल बिल्ड टेक २०२०’ मा यो मेसिनको बिक्री सुरु गरिएको हो ।

162
कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले स्याङ्जामा अझै आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम अर्पण इन्टरप्राइजेजको शुभराम्भ गरेको छ ।

173
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

विद्युतीय बस नेपाली बजारमा ल्याउने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमकाबीच हिमालय मोट्रोक्सका प्रबन्ध निर्देशक ध्रुवबहादुर थापाले जानकारी दिए । थापाले भने, “आगामी केही महिनामा नै भारतीय प्लान्टबाट उत्पादन सुरु भएसँगै सो ब्रान्डका बसहरू नेपाली बजारमा ल्याउने छौं ।” भारतमा आगामी ३ देखि ४ महिनमा बस उत्पादन भएर बजारमा आउने जनाइएको छ भारतीय बजारमा आए नेपाल बजारमा ल्याउने थापाको भनाइ छ । अस्ट्रेलियन ब्रान्ड ब्रिगसनले भारतमा प्लान्ट स्थापना गरी उत्पादन सुरु गरेको हो । सो बस पूर्णरूपमा १ पटक चार्जले १ हजार किलोमिटरभन्दा बढी माइलेज दिने विद्युतीय बस रहेको कम्पनीले जनाएको छ ।

600
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

नाडा अटोमोबाइल्स एशोसिएसनले सवारी कर्जा कसिलो भएको गुनासो गरेको छ । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यापार घटेको भन्दै व्यवसायीहरूले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर व्यवसायमा परेको समस्याको बारेमा जानकारी गराएका छन् । बुधबार अर्थ मन्त्रालयमा पुगेर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरूले अर्थमन्त्री खतिवडालाई भेट गरी पछिल्लो समय उत्पन्न समस्याको विषयमा जानकारी गराएका हुन् ।

192
कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६

सुन्दुर सुदूरपश्चिम यातायात प्रालिले इन्टरनेटबाट आफै धनगढी–काठमाडौं चल्ने बसको टिकट काट्न व्यवस्था मिलाएको छ । प्रालिले ई–सेवाबाट बस धनगढीबाट काठमाडौं जाने र काडमाडौंबाट धनगढी आउने बसको टिकट काट्ने व्यवस्था मिलाएको हो ।

322
कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६

सरकारले विद्युतीय सवारीमा भन्सार छुटको व्यवस्था गरेसँगै आयात बढेर गएको छ । मुलुकभित्र विद्युत् उत्पादन बढ्दै गएकोले सरकारले पनि विद्युतीय गाडीको आयातलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विद्युतीय गाडीमा मात्र १० प्रतिशत भन्सार महसुल रहेको छ । तर पेट्रोल र डिजेलबाट चल्ने गाडीको आयातमा २४० देखि ३०० प्रतिशतसम्म भन्सार महसुल रहेकोले पनि विद्युतीय गाडीको आयात बढेको हो । त्यस्तै, अन्य गाडी किन्दा ५० प्रतिशतमात्रै बैंक कर्जा पाइने व्यवस्था रहेको छ तर विद्युतीय गाडी किन्दा ८० प्रतिशत कर्जा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ । हालसम्म यातायत व्यावस्था विभागमा दर्ता भएका विद्युती सवारी साधनको संख्या ६ हजार ९ सय १ पुगेको छ ।

594
कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६

विद्युतीय सार्वजनिक सवारीसाधन आयात गरेर सञ्चालन गर्दै आएको सुन्दर यातायातले बैंकबाट कर्जा नपाएका कारण थप बस आयात गर्न नसकेको बताएको छ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले थप ५० वटा विद्युतीय बस ल्याउनका लागि बैंकहरुले कर्जा नदिएको भन्दै बस आयात गर्न नसकेको बताए ।

503
कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सोमबार मोरङ्ग उद्योग सङ्गठनका अध्यक्ष भिम घिमिरेको नेतृत्वमा आएको ५ सदस्यीय प्रतिनिधिमण्डललाई नाडाको कार्यालयमा स्वागत गरेका छन् । आगामी फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने विराट एक्सपोको प्रवद्र्धनका सन्दर्भमा आएको सो प्रतिनिधिमण्डललाई नाडाले स्वागत गरेको नाडाले जानकारी दिएको छ ।

219
कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६

अग्नि ग्रुपले हालै प्रदेश नं ३ को ढुंग्रेबास सिन्धुलीमा महिन्द्राका गाडीहरु र ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरहरूका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुमको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

349
कारोबार संवाददाता
सोमवार, पुष २८, २०७६

नेपाल अटामोबाइल्स एसोसिएसनले फेयर ट्रेडलगायत नेपालको कर प्रशासन र कर प्रणाली परिवर्तन गर्न माग गरेको छ । नाडा अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरसँग छलफल गरेर विद्यमान कर प्रशासन र कर प्रणालीले व्यवसायीहरु मारमा परेको गुनासो गरेका थिए ।

183
दीपेन्द्र थापा
सोमवार, पुष २८, २०७६

सरकारले सवारीचालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यावस्था विभागलेसवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम१८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । विभागले ल्याउन लागेको ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’मा सवारीचालक अनुमतिपत्र पाउने उमेर कम्तिमा १८ वर्ष कायम गर्न आन्तरिक गृहकार्य गरेको हो ।

897