नकपुरस्थित राष्ट्रिय बचत तथा ऋण सहकारीले सेयर सदस्यहरूले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार सम्पन्न संस्थाको १७ औं वार्षिक साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी वार्षिक योजना तथा कार्यक्रमका साथै लाभांश प्रस्तावसमेत पारित गरेको उपाध्यक्ष रामनगिना राउतले जानकारी दिए । संस्थाले गत आवमा १८ लाख ८९ हजार नाफा गरी ३ लाख ७७ हजार कर बुझाएको छ ।
साधारणसभाको अवसरमा संस्थाले ज्येष्ठ सेयर सदस्यहरू रामदयाल राउत, राम सिपित राउत, देव नारायण यादवलाई सम्मान गरेको छ । सभामा अध्यक्ष विद्याकरप्रसाद शाहले वार्षिक प्रतिवेदन, प्रवन्ध सञ्चालक मिथिलालाल कर्णले आयव्यव विवरण र लेखा संयोजक कालेश्वर महत्तोले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।