गण्डकी विकास बैंकको शुक्रबार बसेको १० औं वार्षिक साधारणसभाले सञ्चालक समितिको आव ०७३÷७४ को वार्षिक प्रतिवेदनपास गर्नुको साथै आर्थिक वर्ष ०७३÷७४ सम्मको सञ्चित मुनाफाबाट कुल चुक्तापुँजीको १९.३१०६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरणपश्चात् बैंकको कुल चुक्तापुँजी २अर्ब ७५ करोड पुगेको छ । चुक्तापुँजीको आधारमा गण्डकी विकास बैंक सबैभन्दा ठूलो एवं अग्रणी विकास बैंक भएको छ । सभाले आगामी चार वर्षका लागि छ जना सञ्चालकहरू निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरूमा संस्थापक सेयरधनीहरूको तर्फबाट पद्यप्रसाद पौडेल, सुशील गौचनर किशोर ओझा छन् भने सर्वसाधारण सेयरधनीहरूको तर्फबाट नारायणबहादुर बानियाँ, कृष्णबहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी छन् ।