एजेन्सी
आइतवार, असार ३१, २०७५
1690

बर्लिन-आयरल्यान्डको विमान कम्पनी -यानएयरको विमानमा अक्सिजनको स्तर कमी भएपछि विमानलाई फ्रैंकफर्टको हान विमानस्थलमा आपतकालिन अवतरण गर्नु परेको छ । अक्सिजनको स्तर कम भएपछि विमानमा सवार ३३ यात्रुलाई अस्पताल पु-याइएको छ । -यानएयरका प्रवक्ताले उडान नम्बर एफआर ७३१२ मा अचानक अक्सिजनका स्तर कम भएको बताएका छन् ।
यसैका कारण विमानलाई आपतकालिन अवतरण गर्नु परेको उनले बताए ।यो विमान डब्लिनबाट क्रोएशियातर्फ गइरहेको थियो । जर्मनीका संघिय प्रहरी प्रवक्ताले भनेका छन्,“यात्रुले टाउको दुखेको तथा कानमा पनि पिडा भएको गुनासो गरेका थिए । उनीहरुलाई रिंगटा पनि लागेको थियो । केही यात्रुको कानबाट रगत समेत निक्लन सुरु भएको थियो ।” जर्मनीका मिडियाका अनुसार केही यात्रुलाई अस्पतालबाट पठाइएको र केही अझैपनि अस्पतालमै रहेका छन् ।