एजेन्सी
सोमवार, चैत्र ४, २०७५
3861

वासिङटन-साताको तीन वा सो भन्दा बढी अण्डा खानाले पनि अकाल मृत्यू र मुटुको रोग लाग्ने नयाँ अनुसन्धानले देखाएको छ ।
“अण्डा विशेषगरी पहेलो भाग कोलेस्ट्रोलको प्रमुख स्रोत हो,”शिकागोको नर्थवेस्टर्न युनिभर्सिटी फिनबर्ग स्कुल अफ मेडिसिनमा डिपार्टमेन्ट अफ प्रिभेन्टिभ मेडिसिनका फेलो र अध्ययनका लेखक भिक्टर झोङले बताए । मेडिकल जर्नल जामामा प्रकाशित अध्ययनमा उनी र उनका सहपाठीले एउटा ठूलो अण्डामा पनि १८६ मिलिग्राम कोलेस्ट्रोल हुने उल्लेख गरेका छन् ।

२९ हजार मानिसमाझ साढे १७ वर्षसम्मको अध्ययनका आधारमा यो निश्कर्ष निकालिएको हो । अनुगमन गरिएको अवधिमा कुल ५ हजार ४०० मानिसमा ह्दय रोगको घटना देखा परेको थियो । यसमा १ हजार ३०२ घातक र गैर घातक ह्दय रोग देखा परेको थियो । १ हजार ८९७ घातक र गैर घातक हर्ट फेलिएर भएको थियो भने अन्य ११३ मा मुटुको रोगका कारण मृत्यू भएको थियो । अन्य कारणले ६ हजार १३२ बिरामीको मृत्यू भएको थियो ।
प्रति दिन अतिरिक्त ३०० मिलिग्राम पौष्टिक कोलेस्ट्रोल खानाले मुटुको रोगको सम्भावना ३.२ प्रतिशत उच्च हुने र अकाल मृत्यूको उच्च जोखिम ४.४ प्रतिशतले बढ्ने तथ्यांक विश्लेषणका आधारमा झाङले बताएका छन् । प्रति दिन अतिरिक्त आधा अण्डा बढी खानाले ह्दय रोगको सम्भावानामा १.१ प्रतिशतले उच्च हुने र १.९ प्रतिशत अकाल मृत्यूको उच्च जोखिम हुने अनुसन्धानकर्मीहरुले बताएका छन् ।