एजेन्सी
बिहिवार, फाल्गुन ३०, २०७५
483

सिंगापुर-चीनको सुस्त आर्थिक वृद्धिबाट विशेषगरी बस्तु उत्पादक मुलुकका मुद्राहरु बढी प्रभावित हुने भएका छन् ।
विशेषगरी अस्ट्रेलियन डलर र न्यूजिल्यान्ड डलर बढी प्रभावित हुने विज्ञहरुले बताएका छन् ।

यी दुवै मुलुककै ठूलो व्यापार साझेदारमा चीन रहदै आएको छ । न्यूजिल्यान्डको समग्र निर्यातको २४.९ प्रतिशत र अस्ट्रेलियाको निर्यातको एक तिहाई चीनमा हुने गरेको छ ।
विश्वकै ठूलो फलामजन्य सामग्रीको उपभोक्ता चीनबाट हुने माग धरमरमा परेसँगै यसले अस्ट्रेलियालाई असर पर्ने देखिएको छ । अस्ट्रेलिया विश्वकै ठूलो फलामजन्य सामग्रंीको निर्यातकर्ता मुलुक हो ।
“हामीले अस्ट्रेलियन र न्यूजिल्यान्ड डलरका ठूलै अवमूल्यन हुने देखेका छौ । यी मुलुकहरुको चिनियाँ अर्थतन्त्रमा रहेको निर्भरताका कारण यसो हुन गएको हो । चिनियाँ अर्थतन्त्र लगातार सुस्त हुने देखिएको छ । फलामजन्य र कोइलाको निर्यातमा निर्भर रहदै आएको अस्ट्रेलियन डलरको भूमिका सर्वाधिक खराब हुने देखिएको छ,”अनुसन्धानमुलुक फर्म क्यापिटल इकोनोमिक्सले आफ्नो प्रतिवेदनमार्फत जनाएको छ ।
यी दुवै मुलुकको मुद्रामा यो वर्षको पुरै अवधिमा गिरावट आउने फर्मको अनुमान रहेको छ ।
चिनियाँ अर्थतन्त्रमा आउने थप गिरावटले बस्तुको माग र मूल्य दुवैमा गिरावट आउने अनुमान संस्थाको छ । थप निश्क्रिय अवस्थामा रहेको विश्वव्यापी वृद्धिले बस्तुको कम व्यापारमा सहयोग गर्ने अनुसन्धानमुलक फर्मले जनाएको छ ।
जब बस्तुको मूल्य ओरालो लाग्छ देशको निर्यातबाट हुने आम्दानी पनि ओरालो लाग्छ । यसले मुद्राको पनि अवमूल्यन गराउछ ।
विश्वकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रको वृद्धि दर गत वर्ष ६.६ प्रतिशतमा झरेको थियो । यो वृद्धि दर २८ वर्षकै न्यून हो । २०१७ मा यो मुलुकको वृद्धि दर ६.८ प्रतिशत थियो ।
हालैमात्र ल्याइएको प्रोत्सान कार्यक्रमका बावजुद चिनियाँ अर्थतन्त्र अभैm मथ्थर हुने देखिएको छ ।
दबाबमा पर्ने अन्य मुद्राहरुमा क्यानेडियन डलर, रुसको रुवल पनि रहेका छन् । अन्यमा एसियाली मुलुकहरु मलेसियाको रिंगिट, इन्डोनेसियाको रुपिया र सिंगापुर डलर पनि रहेका छन् ।