एजेन्सी
सोमवार, माघ २८, २०७५
286

दुबई-उमेर ९० काटेपछि वृद्धाश्रम जानेकि सवारी चलाएर बस्ने ? यो एउटा बहसको विषय हुन सक्छ । तर उमेरको कुनै वास्तानै नगरिकन संयुक्त अरब इमिरेट्समा ९७ वर्षिय वृद्धले ४ वर्षका लागि आफ्नो सवारी चालक अनुमती पत्र (लाइसेन्स) नविकरण गरेका छन । टी एच डी मेहतको जन्म १९२२ मा भएको थियो । उनी दुबईको सडकमा सवारी चलाउने ९० वर्ष उमेर भन्दा माथिका पहिलो व्यक्ति हुन् । गल्फ न्यूजले शनिबार उनको लाइसेन्स २०२३ को अक्टोबरसम्मका लागि वैध भएको जनाएको छ ।
बेलायतकी महारानी एलिजावेथ द्वितियका ९७ वर्षिय पति राजकुमार फिलिपले स्वेच्छाले आफ्नो लाइसेन्स त्यागेका छन् । यसको साता पहिला उनी दुर्घटनाबाट मुश्किलले बाच्न सफल भएका थिए । यो दुर्घटनामा २ महिला घाइते भएका थिए । भारतीय मुलका केन्याली मेहता एक्लै बस्दै आएका छन् र उनलाई सवारी चलाउनका लागि कुनै हतार छैन । कारले मानिसलाई अल्छी बनाउने उनी बताउछन् । उनलाई पैदल हिड्न मन पर्छ र कैयौ पटक उनी ४ घन्टासम्म पैदलनै हिड्ने गर्छन् ।

लामो समयदेखि दुबईमा बस्दै आएका मेहता अविवाहित हुन् र उनले पछिल्लो पटक २००४ मा सवारी चलाएका थिए । हाल उनी यात्रा गर्नका लागि सार्वजनिक सवारी साधनको प्रयोग गर्छन् वा पैदलनै हिड्छन् । मेहताले हास्दै भनेका छन्,“कसैलाई नभन्नुस यो मेरो तन्दुरुस्ती तथा लामो जिन्दगीको रहस्य । नत म चुरोटनै सेवन गर्छु नत रक्सीनै पिउने गरेको छु ।” उनी १९८० मा दुबई आएका थिए र पाचतारे होटलमा लेखापालको काम गर्न थालेका थिए । उनले यो होटलमा २००२ सम्म काम गरेका थिए । उक्त वर्षमा नियमित रुपमा कर्मचारीको पृढठभूमि जाँच गर्ने समयमा उनको उमेरको खुलासा भएको थियो र उनलाई राजिनामा दिनका लागि भनिएको थियो ।