कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५
2268

न्यूयोर्क-अमेरिकामा विष्फोटक अवस्थाको चिनियाँ लगानीको युगको पूर्ण रुपमा अन्त्य भएको छ ।
गत वर्ष चीनबाट अमेरिकामा भएको प्रत्यक्ष वैदेशिक लगानीमा ८३ प्रतिशतले गिरावट आएको कानुनी फर्म बेकर म्याकेन्जीले हालैमात्र सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

चिनियाँ फर्महरुले नाटकिय रुपमा लगानी घटाएका मात्रै होइनन् कि उनीहरुले रियल ईस्टेट, हस्पिटालिटी र मनोरन्जनको व्यवसायको बिक्रीलाई पनि कीर्तिमानी रुपमा बिक्री गर्न थालेका छन् ।
यी बिक्री लगायत उत्तर अमेरिकामा २०१८ मा प्रत्यक्ष चिनियाँ लगानी पनि नकारात्मक भएको र ५.५ अर्ब डलरमा झरेको बेकर म्याकेन्जीले जनाएको छ । यो वर्ष विश्वमरी गरेर अर्को १२ अर्ब डलरको चिनियाँ सम्पत्ति बिक्री हुने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकाबाट चिनियाँ लगानी बाहिरिन थालेको अवस्थाले बेइजिङले देश बाहिर गरिने लगानीमाथि लगाएको प्रतिबन्ध प्रतिविम्वित गरेको छ । वासिङटनले विदेशी लगानी समीक्षालाई समेत कडाइ गरेपनि यो प्रवृत्ती झनै बढेको छ । यसमा अमेरिका–चीनबीचको व्यापार युद्धले पनि भूमिका निर्वाहा गरेको छ ।
“चिनियाँहरु स्वयंले पनि विदेशमा गरिने लगनीमा कडाइ गरेका छन्,” प्रोजेक्ट अन चाइनिज बिजनेस एन्ड पोलिटिकल इकोनोमीका निर्देशक स्कट केनेडीले बताए । ट्रम्प प्रशासनको उदय भएपछि अमेरकाले ‘नट–फर–सेल– अन द डोर’ को संकेत देखाएको छ ।
अमेरिकी रियल इस्टेट, यातायात र पूर्वाधारमा ठूलो परिमाणमा लगानी गरेपछि यी क्षेत्रमा चिनियाँ लगानी व्यापक रुपमा देखा पर्न छोडेको बेकर म्याकेन्जीको रिपोर्टमा उल्लेख छ ।
चीनले अन्य ठूला विदेशी बजारबाट पनि आफ्नो लागनी फिर्ता गर्न थालेको छ । गत वर्ष पुरै युरोपमा चीनले गरेको प्रत्यक्ष वैदेशिक लगानीमा ७० प्रतिशतले गिरावट आएको थियो । तर अमेरिकामा भएको लगानीमा भारी गिरावट आएको छ ।
यद्यपि फ्रान्स, जर्मनी, स्पेन र स्वीडेन लगायतका केही ठूला अर्थतन्त्रहरुमा भने चिनियाँ लगानीमा वृद्धि भएको बेकर म्याकेन्जीले जनाएको छ ।
यो अवस्थालाई क्यानडाले पनि छोप्न सफल भएको छ । गत वर्ष क्यानडामा भएको चिनियाँ लगानीमा ८० प्रतिशतले वृद्धि भई २.७ अर्ब डलर पुगेको थियो ।
२०१६ मा अमेरिकामा भएको चिनियाँ लगानी ४५.६ अर्ब डलर पुगेको थियो । तर २०१७ मा आएर प्रत्यक्ष वैदेशिक लगानी ओरालो लागेर २९ अर्ब डलर कायम भएको थियो । उक्त समयमा चीनले पुँजी पलायनको अवस्थालाई रोक्नका लागि बाह्य लगानीमा स्वयंले प्रतिबन्ध लगाएको थियो । त्यसपछि अमेरिकामा भएको लगानी गत वर्ष खुम्चिएर ४.८ अर्ब डलर मात्रै कायम भएको छ । वासिङटन चीनमाथि जाइलागेपछिको समयमा अमेरिकामा चिनियाँ लगानीमा ठूलो गिरावट आएको केनेडीले जनाएको छ ।