कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५
806

मस्को-रुसले गत महिना नयाँ एन्टि स्याटलाईट मिसाइल प्रणालीको सफल परिक्षण गरेको अमेरिकी गुप्तचर रिपोर्टसँग जानकार स्रोतले जनाएको छ ।
उक्त एन्टि स्याटलाईट मिसाइल १७ मिनेटसम्म र १ हजार ८६४ माइल उडेको थियो । यसले लक्षित क्षेत्रमा मार समेन गरेको थियो ।

पेन्टागनको १०८ पृष्ठ लामो मिसाइल प्रतिरक्षा समीक्षाकै समयमा यो पछिल्लो खुलासा भएको हो । यो समीक्षाले उदीयमान रुस, चीन, उत्तर कोरिया र इरानी मिसाइलको त्रास भएको संकेत गरेको छ । यसले अमेरिकी अन्तरिक्ष आधारित सुरक्षालाई पनि चुनौती दिन सक्ने बताइएको छ ।
मिसाइल समीक्षाका अनुसार रुसले एन्टि स्याटेलाईट क्षमतामा मिल्ने खालको विविध खालको प्रविधिको विकास गरिरहेको छ । यसमा ग्राउन्ड–लन्च मिसाइल र निर्देशित उर्जा हतियार पनि रहेको छन् ।
अमेरिकी सेनको गुप्तचर सम्पत्तिको मूल्यांकनले एन्टि स्याटलाइट मिसनमा प्रारम्भिक रुपमा जोड दिएको रुसको पीएल–१९ नुडोल २०१८ मा २ पटक सफल रुपमा परिक्षण गरिएको थियो । मोबाइल लन्चरबाट प्रहार गरिएको उक्त हतियार डिसेम्बर २३ मा पछिल्लो पटक परिक्षण गरिएको थियो ।
यो रुसी एन्टि स्याटलाइट हतियारले ‘लो’ पृथ्वी कक्षमा सञ्चार र दृश्यहरुलाई निसाना बनाउन सक्ने नाम नबताउने सर्तम विषयसँग जानकार स्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन र हब्बल स्पेस टेलिस्कोप ‘लो’ पृथ्वीको कक्षमा भ्रमण गर्ने गर्छन् ।
“विगत १५ वर्षको अवधिसम्म ज–जस्ले हतियारको होडमा इन्धनको काम गर्यो, रुसमाथि एकपक्षिय रुपमा लाभ हुने गरी गैरन्यायीक प्रतिबन्ध लगायो, तिमीहरु असफल भएका छौ,”पुटिनल मार्चमा गरेको राष्ट्रिय सम्बोधनको क्रममा बताएका थिए ।
राष्ट्रिय हवाई र अन्तरिक्ष गुप्तचर केन्द्र (नासिक) ले जारी गरेको प्रतिवेदनमा पृथ्वीको कक्षमा अमेरिकी स्वार्थमा गिरावट आउन थालेको उल्लेख गरिएको छ । यसमा उदीयमान चीन र रुसले आफ्नो स्थान बनाउन थालेको प्रतिवेदनमा उल्लेख छ ।
विगत २ दसकको अवधिमा विदेशी जासुसी र दृश्यको स्याटलाईटको संख्यामा ३ गुणाले वृद्धि भएर ३०० पुगेको पनि नासिकको रिपोर्टमा उल्लेख गरिएको छ ।