कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५
464

आम्सटरडम-अर्को ग्रहमा बस्ने आफ्नो महत्वाकांक्षामा मानिस एक कदम अगाडि पुग्ने भएको छ । यसै क्रममा आगामी २०२४ मा वैज्ञानिकले अन्तरिक्षमा मानिसको पहिलो बच्चा जन्माउने भएको छ । यसका लागि जोडतोडका साथ तयारी अगाडि बढिरहेको छ । नेदरल्यान्डको कम्पनी स्पेसलाईफ ओरिजिनले ३६ घन्टा मिसन क्रेडल नामक अभियानमा एक गर्भवती महिलालाई विशेषज्ञ चिकित्सकको टोलीका साथ अन्तर्राष्ट्रिय स्टेसनमा पठाउने भएको छ ।
यो महत्वाकांक्षि अभियानको उद्देश्य अन्तरिक्षमा मानव कोलोनी बसाउने मञ्च तयार गर्नु रहेको छ । यो अभियानबाट आउने नतिजाले अन्य ग्रहमा मानव प्रजननको सम्भावना खोज्न सजिलो हुने बताइएको छ ।

क्रेडल २०२४ सम्ममा अन्तरिक्षमा पहिलो मानिसको जन्म हुने विषयसँग जोडिएको छ । अन्य ग्रहमा बस्नका लागि यसलाई अहंम अभियान मानिएको छ ।
यो अभियानका लागि ती २५ महिलालाई छनौट गरिने छ, जस्को गर्भधारणको समय एक अर्कासँग नजिकमा होस् । यसका लागि दुई दिने अभियानको समयमा प्रसव हुने महिलालाई छनौट गरिने छ । महिलाको छनौट २०२२ मा सुरु हुनेछ ।
गर्भवती महिलालाई अन्तरिक्षमा पठाउनु पूर्व महिलाको पुरै मेडिकल स्क्रीनिङ गरिने कम्पनीका सीईओ कीस मुल्डरले बताएका छन् ।
यसमा महिला तथा उसको गर्भमा बडिहेको शिशुको पुरै चिकित्सा परिक्षण गरिनेछ । मिसनको समयमा गुरुत्वाकर्षण तथा खतरनाक विकिरणबाट महिला र उसको बच्चालाई बचाउने पुरै योजना बनाइने छ ।
स्पेसलाईफ ओरिजिनका सीईओ कीस मुल्डरका अनुसार यदी मानिस अन्य ग्रहमा बस्न सक्ने प्रजाती बन्ने हो भने उसले अन्तरिक्षमा प्रजनन क्षमताको विकास गर्नुपर्छ ।