कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५
2304

वासिङटन-अमेरिकामा नागरिकताको विषयलाई लिएर सरकार झनै कडा हुदै गएको छ । प्रवासीसँग सम्बन्धित कानुनका आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मुलुकमा बस्नका लािग कैयौ प्रक्रिया पार गर्नुपर्ने भएको छ । अमेरिकामा विवाहित जोडी सँगै बस्नका लागि केही नियम कानुनको पालना गर्नुपर्ने भएको छ । कुनै नागरिकता प्राप्त वा ग्रीन कार्ड धारीसँग विवाह गर्नासाथ पती पत्नी सँगै अमेरिका बस्नका लागि पूर्ण रुपमा योग्य हुने छैनन् ।
आप्रवासन वकिलका अनुसार वाणिज्य दूतावास पारम्परिक भारतीय विवाहसँग अवगत रहदै आएका छन् ।

अमेरिकाले कुनै पनि जोडीलाई सँगै बस्न दिनका लागि विवाहको एलबम, विवाहको समयमा भएको खर्चको रसिद, बुकिङ तथा हनिमुन बुकिङ आदीको पनि जाँच गर्ने भएको छ । यद्यपि विवाह धुमधामसँग नभई अदालतमा कानुनी किसिमबाट भएको हो भने पनि यो विवाहलाई मान्यता दिइने भएको छ । यस्तो अवस्थामा कागजातलाई महत्वपूर्ण मानिन्छ । तर शंका भएको अवस्थामा भने गम्भिर जाँच गरिने बताइएको छ ।
धोखाघडी परिक्षण एवं राष्ट्रिय सुरक्षा एजेन्सीले आप्रवासन अधिकारिलाई विवाहित जोडीको सम्बन्ध वैध हो वा होइन भन्ने विषयमा थाहा पाउन सोशल नेटवर्किङ साइटको पनि जाँच गर्नका लागि सल्लाह दिएका छन् ।
साक्षात्कारमा पति एवं पत्नी दुवैलाई अगल राखेर उनीहरुको दैनिक जिन्दगीका क्रियाकलापको बारेमा सोधिने भएको छ ।
अमेरिकामा कुनै पनि ग्रीनकार्ड धारी वा अमेरिकी नागरिकता प्राप्त व्यक्तिका पति वा पत्नी फेमिली २ ए प्रिफरेन्स अन्तर्गत आप्रवासी भिसामा बस्ने अनुमती रहेको छ ।
अस्थायी रुपमा अमेरिकामा कार गर्ने व्यक्तिको पति वा पत्नीलाई डिपेन्डेन्ट भिसा दिइदै आएको छ । यो ९० दिनका लागि वैध मानिन्छ र उनीहरु ९० दिनसम्म अमेरिकामा बस्नका लागि योग्य मानिन्छ ।
हालसालै मात्र ट्रम्पले गैर अमेरिकी नागरिकका बच्चाको अमेरिकामा जन्म हुनासाथ दिइने नागरिकताको अधिकार समाप्त गर्नका लायिग कुनै संविधान संशोधनको आवश्यकता नभएको बताएका थिए । यसलाई शासकीय आदेशबाटनै गर्न सकिने उनले बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले भनेका छन्,“तपाईलाई जन्मजात नागरिकताका लागि संविधान संशोधनको आवश्यकता छैन । यसलाई कांग्रेसमा साधारण मतदानको माध्यमबाट पनि गर्न सकिन्छ ।”