एजेन्सी
बिहिवार, आश्विन २५, २०७५
2907

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भातरले रुससँग गरेको ५ अर्ब डलरको एस–४०० हवाई रक्षा प्रणाली खरिद सम्झौताको दण्ड चाडै भोग्ने बताएका छन् । काउन्टरिङ अमेरिकाज एडभर्सरिज थू्र स्याङसन एक्ट (काट्सा) का अनुसार रुससँगको हतियार सम्झौतामाथि अमेरिकी प्रतिबन्धबाट भारतलाई छुट दिने अधिकार केबल ट्रम्पलाई मात्रै छ ।
भारत र रुसबीच भएको सम्झौताको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले ओभल अफिसमा भनेका छन्,“भारतलाई थाहा हुनेछ । भारतलाई थाहा हुन गइरहेको छ । तपाईले चाडैनै देख्नुहुनेछ ।” ट्रम्पले यो पनि भनेका छन् कि इरानबाट ४ नोभेम्बरपछि तेल आयात गर्ने देशको बारेमा अमेरिकाले के गर्नेछ ? भारत तथा चीन जस्ता मुलुकले इरानबाट तेल आयात जारी राख्ने विषयमा सोधिएको प्रश्नमा ट्रम्पले यो विषयमा आपूmले बिचार गरेको बताए ।

हालसालै मात्र विशेषज्ञले आशंका व्यक्त गर्दै एस–४०० मिसाइल रक्षा प्रणाली खरिदपछि सीएएटीएसए प्रतिबन्धबाट भारतलाई छुट मिल्न सजिलो नभएको बताएका छन् । विशेषज्ञका अनुसार अमेरिकाको दृष्टिमा रुस र भारतबीच भएका ५.४ अर्ब डलरको सम्झौताको ठूलो महत्व छ । गत वर्षको कानुनको रुप लिएको यो एक्टका अनुसार भारतमाथि प्रतिबनध लाग्न सक्छ ।
काट्सा एक्ट अमेरिकाका लागि सक्ति
यो कानुनले इरान, उत्तर कोरिया तथा रुसको बिरुद्धमा आर्थिक तथा राजनीतिक प्रतिबन्धको माध्यमबाट उनीहरुलाई निशाना बनाउनका लागि अनुमती दिन्छ । हालसालै मात्रै अमेरिकाले सीएएटीएसएको प्रयोग गरेर एस–४०० को खरिदको विषयलाई लिएर चिनियाँ निकायमा प्रतिबन्ध लगाएको थियो । अब अमेरिकाको विद्यमान फ्रेन्ड्स अफ इन्डियाको यो आशा छ कि ट्रम्पले भारतलाई सीएएटीएसएका अनुसार प्रतिबन्धबाट छुट दिनेछन् । किनकी अमेरिका भारतको महत्वपूर्ण रक्षा साझेदार मानिदै आएको छ । यसका अतिरिक्त अमेरिकाले आगमी केही वर्षको अवधिमा अर्बौ डलरको रक्षा सामग्री भारतलाई बिक्री गर्ने सम्झौता अन्तिम चरणमा पुगेको बताइएको छ ।
रक्षा मन्त्री जिम म्याटिस तथा विदेश मन्त्री माइक पेम्पेओ सीएएटीएसएमा भारतलाई छुट दिलाउनका लागि जोडदार प्रयास गरिरहेकमो सुत्रले जानकारी दिएको छ । तर अर्कोतर्फ हालसालै आएको ट्रम्पको बयानका अनुसार उनी यो छुट दिने मुडमा रहेको देखिदैन । ट्रम्पले गत साता भारतलाई ट्यारिफ किङ बताएका थिए ।