एजेन्सी
बुधवार, आश्विन ३, २०७५
3705

मुम्बई-मुकेश अम्बानीकी छोरी इशा अम्बानीको विवाह आनन्द पिरामलसँग पक्का भइसकेको छ । छोरा आकाश अम्बानीको टिकोटालो पनि पहिलेनै श्लोका मेहतासँग भइसकेको छ । भगको खबर अनुसार मुकेश अम्बानी छा।राको भन्दा पहिला इशाको विवाह गर्ने तयारीमा जुटेका छन् । परिवार विवाहको तयारीमा लागेको छ । यो हेर्दाै अम्बानी परिवारमा बुहारीलाई घरको दैलोबाट भित्र्र्याउनु भन्दा पहिले छोरीलाई बिदाई गर्ने देखिएको छ । खबरका अनुसार ईशा र आनन्नदको टिकोटालो २१ सेप्टेम्बरमा इटालीको लेक कोमामा हुनेछ ।
प्रि–विडिङ पार्टि उदयपुरमा

टिकोटालोमा अम्बानी परिवारको विशिष्ट साथी तथा सेलेब्रिटी सहभागी हुनेछन् । इटालीमा टिकोटालो भएपछि ईशा अम्बानी तथा आनन्द पिरामलको प्रि–विडिङ पार्टि उदयपुरमा हुनेछ । अम्बानी परिवार र पिरामल परिवार पाहुनाका लागि होटललाई अन्तिम स्वरुप दिने प्रयासमा जुटेका छन् । प्रि–विडिङ पार्टि नोभेम्बरको अन्तिम साता वा डिेसेम्बरको पहिलो साताम हुन सक्ने बताइएको छ । छोरा आकास भन्दा पहिले इशाको विवाह मुम्बईमा १२ डिसेम्बरमा हुनेछ ।
२०१९ मा आकाश–श्लोकाको विवाह
ईशा तथा आनन्दको विवाहपछि आकाश तथा श्लोकाको विवाह २०१९ को मार्चको दोस्रो सातामा हुनेछ । आनन्न पिरामलले महाबलेश्वरमा ईशा अम्बानीलाई विवाहको प्रस्ताव गरेका थिए । यो प्रस्तावको तस्बिर सोशल मिडियामा भाइरल भएको थियो ।